बाराको आदर्श कोतवाल गाउँपालिकाको दुईवटा वडामा एमालेको प्यानल विजयी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
३२ पटक हेरिएको
Shares
बाराको आदर्श कोतवाल गाउँपालिकाको दुईवटा वडामा एमालेको प्यानल विजयी

सारांश

  • बाराको आदर्श कोतवाल गाउँपालिकाको दुईवटा वडामा एमालेको प्यानल नै विजयी भएको छ ।
  • वडा नं १ वडा अध्यक्षमा राजेन्द्र राउत कुर्मी र वडा नं २ को वडा अध्यक्षमा विनोद राउत कुर्मी सहितको प्यानल विजयी भएको हो ।
  • अध्यक्षमा पनि एमालेले नै अग्रता लिएको छ ।

बाराको आदर्श कोतवाल गाउँपालिकाको दुईवटा वडामा एमालेको प्यानल नै विजयी भएको छ । वडा नं १ वडा अध्यक्षमा राजेन्द्र राउत कुर्मी र वडा नं २ को वडा अध्यक्षमा विनोद राउत कुर्मी सहितको प्यानल विजयी भएको हो । अध्यक्षमा पनि एमालेले नै अग्रता लिएको छ ।

एमालेका अध्यक्ष पदका उम्मेदवार लालबाबु प्रसाद यादवले ५०६ मत ल्याएका छन् । भने काँग्रेसका जवाहर प्रसादले ३ सय ८७ मत, संघिय समाजवादी फोरमका मुस्तफ अन्सारी २५२ राजपा नेपालका मदन प्रसाद यादव २३२ मत पाएका छन् ।

त्यस्तै, पचरौता नगरपालिका वडा नं १ मा एमालेका उम्मेदवार जगतनारायण प्रसाद यादवको प्यानल विजयी भए । उनले ८ सय १७ मत प्राप्त गर्दा राजपाका वडा अध्यक्षका उम्मेदवार ६ सय ४० मत प्राप्त गरे । त्यस्तैगरी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ मा एमालेका उम्मेदवार ईलियास देवानको प्यानल बिजयी भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?