राष्ट्रियसभाको बैठकद्धारा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
राष्ट्रियसभाको बैठकद्धारा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

सारांश

  • काठमाडौं, १३  पुस ।
  • राष्ट्रियसभाको बैठकले आफ्नो नियमावली २०७५ संशोधन गर्न मस्यौदा समिति गठन गरेको छ ।
  • समितिमा जीतेन्द्रनारायण देव, जीवन बुढा, दीलकुमारी रावल (पार्वती), पर्शुराम मेघी गुरुङ, प्रमिला कुमारी, रामनारायण बिडारी, विद्यादेवी राना, वृषेशचन्द्र लाल, शेरबहादुर कुँवर रहेका छन् ।

काठमाडौं, १३  पुस । राष्ट्रियसभाको बैठकले आफ्नो नियमावली २०७५ संशोधन गर्न मस्यौदा समिति गठन गरेको छ ।

समितिमा जीतेन्द्रनारायण देव, जीवन बुढा, दीलकुमारी रावल (पार्वती), पर्शुराम मेघी गुरुङ, प्रमिला कुमारी, रामनारायण बिडारी, विद्यादेवी राना, वृषेशचन्द्र लाल, शेरबहादुर कुँवर रहेका छन् ।

शुक्रबारको बैठकमा सांसद दीनानाथ शर्माले समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत् गरेका थिए । सो प्रस्तावलाई सांसद रामचन्द्र राई र अनिता देवकोटाले समर्थन जनाएका थिए ।

बैठकले ‘राहदानी विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गर्‍यो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बैठकसमक्ष सो प्रस्ताव प्रस्तुत् गरेका थिए । राष्ट्रियसभाको अर्काे बैठक पुस २० गते शुक्रबार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?