पुलिसले लियो भैँसीको बयान

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २६, २०७३
|
|
१०६६ पटक हेरिएको
Shares
पुलिसले लियो भैँसीको बयान

सारांश

  • पुलिसको काम नै अपराधीको बयान लिने हो ।
  • तर भारतको पुलिस भने अलिक अगाडि रहेछ यस मामिलामा ।
  • कहिले कुखुरालाई जेलमा थुन्ने त कहिले भैँसीलाई अदालतमा उपस्थित गराउने ।

पुलिसको काम नै अपराधीको बयान लिने हो । तर भारतको पुलिस भने अलिक अगाडि रहेछ यस मामिलामा । कहिले कुखुरालाई जेलमा थुन्ने त कहिले भैँसीलाई अदालतमा उपस्थित गराउने । अनि यसपटक भारतीय पुलिसले भैँसीको बयान लिएर अर्को कीर्तिमान कायम गरेको छ ।

केही समयअघि भारतको हरिद्धारमा एक भैँसीमाथिको स्वामित्वको विवाद पुलिसकोमा पुग्यो । उक्त भैँसी आफ्नो भनेर दुईजना मानिसले दाबी गरेपछि पुलिसलाई भैँसीको मालिक को हो ? भनेर छुट्टाउन सकस भयो ।

आखिर दुई झगडीया सचिन र रमेशले दाबी नछाडेपछि पुलिसले भैँसीको खास मालिक को हो रु भनेर फैसला गर्ने जिम्मा भैँसीलाई नै दियो । सचिनले आफ्नो भैँसी हराएको र हराउनेबित्तिकै पुलिसकोमा उजुरी दिएको भन्यो । उता रमेशले भने आफूसँग भएको उक्त भैँसी सचिनको हराएको भैँसी नभइ आफूले जुल्फिकार नामक व्यापारीसँग किनेको दाबी गर्‍यो ।

जुल्फिकारसँग कुरा गर्दासमेत रमेशले भैँसी किनेको तथ्य सही ठहरियो । भैँसी त किनेको हो, तर किनेको भैँसी चाहीँ त्यो हो कि होइन भन्ने कुरा छुटि्टएन । यस्तो अवस्था आएपछि पुलिसले एक जुक्ति निकाल्यो ।

पुलिसले भैँसीलाई उसको मालिक आफै छुट्टाउने जिम्मा दियो । तिम्रो मालिक को हो रु उसैकोमा जाऊ भनी भैँसीलाई पुलिस चौकीनजिकैको चौबाटोमा लगेर छाड्ने सहमति भयो ।

भैँसी रमेश र सचिनमध्ये जसकोमा जान्छ, उक्त भैँसीको मालिक सोही नै हुने भनी पुलिसले गरेको निर्णय दुबैजनाले माने । भैँसीलाई चौबाटोमा लगेर सोधियो, तेरोे मालिक को हो रु उसको घरमा जा । त्यसपछि भैँसीलाई छाडियो । तर उक्त भैँसी कसकोमा गयो भन्ने चाहीँ खुलेको छैन । तर भैँसीको बयान लिने यो पाराले समस्याको भने समाधान पक्कै भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशबाट फर्किएकाको अभिलेख राख्न निर्देशन
विदेशबाट फर्किएकाको अभिलेख राख्न निर्देशन
आर्थिक अनुशासनमा रहेर भवन बनाउन प्रधानमन्त्रीको निर्देशन
आर्थिक अनुशासनमा रहेर भवन बनाउन प्रधानमन्त्रीको निर्देशन
कामका लागि विदेशिनु पर्दैनः श्रममन्त्री गोकर्णराज विष्ट !
कामका लागि विदेशिनु पर्दैनः श्रममन्त्री गोकर्णराज विष्ट !
प्रधानमन्त्रीको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक
प्रधानमन्त्रीको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक
नयाँ प्रदेश प्रमुखहरुलाई नजिकबाट चिन्नुस्
नयाँ प्रदेश प्रमुखहरुलाई नजिकबाट चिन्नुस्
पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’
पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’
राष्ट्रियसभाको निर्वाचन माघ २५ मा गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव
राष्ट्रियसभाको निर्वाचन माघ २५ मा गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव
कमल थापाको मन्त्री परिषदमा प्रवेससँगै माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने दबाब झन चुलियो ।
कमल थापाको मन्त्री परिषदमा प्रवेससँगै माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने दबाब झन चुलियो ।
रामेछाप सास्कृतिक कलाकार समाजको अध्यक्षमा प्रकाश कटुवाल सर्वसम्मत चयन
रामेछाप सास्कृतिक कलाकार समाजको अध्यक्षमा प्रकाश कटुवाल सर्वसम्मत चयन
पोलेको मासुले आमाशयमा क्यान्सर !
पोलेको मासुले आमाशयमा क्यान्सर !

तपाईंले छुटाउनुभयो कि?