बारामा हावा हुरीका कारण झण्डै दुई दर्जनको मृत्यु
सारांश
- आइतबार साँझ हावाहुरीसहित परेको पानीले बारामा पाँच जनाको ज्यान लिएको छ।
- सदरमुकामबाट चार किलोमिटर टाढा फेटा गाउँपालिका-१ भलुई भरवलियामा हावाहुरीले घर भत्काउँदा पाँच जनाको मृत्यु भएको हो।
- हावाहुरीले रुख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्धारमा कठिनाइ भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए।
आइतबार साँझ हावाहुरीसहित परेको पानीले बारामा पाँच जनाको ज्यान लिएको छ।
सदरमुकामबाट चार किलोमिटर टाढा फेटा गाउँपालिका-१ भलुई भरवलियामा हावाहुरीले घर भत्काउँदा पाँच जनाको मृत्यु भएको हो। हावाहुरीले रुख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्धारमा कठिनाइ भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए।
अहिलेसम्म पाँच जनाको शव भेटिएको र दर्जनौ घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको एसपी सानुराम भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार उद्धारको कार्य जारी रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। रुख र बिजुलीका पोल ढलेर बाटो अवरुद्ध हुँदा घाइतेको उद्धारमा कठिनाइ भएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया