‘मोडल हन्ट नेपाल २०२३’का लागि ३८ प्रतियोगी छनौट

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०८०
|
|
१४ पटक हेरिएको
Shares
‘मोडल हन्ट नेपाल २०२३’का लागि ३८ प्रतियोगी छनौट

सारांश

  • काठमाडौँ।
  • ‘मोडल हन्ट नेपाल २०२३’ का लागि ३८ प्रतियोगी छानिएका छन्।
  • बिभिन्न चरणको प्रतियोगी छनौट अडिसनबाट मेल र फिमेल गरेर यी प्रतियोगी छानिन सफल भएका छन्।

काठमाडौँ। ‘मोडल हन्ट नेपाल २०२३’ का लागि ३८ प्रतियोगी छानिएका छन्। बिभिन्न चरणको प्रतियोगी छनौट अडिसनबाट मेल र फिमेल गरेर यी प्रतियोगी छानिन सफल भएका छन्। छानिएका प्रतियोगीमा १६ मेल र २२ फिमेल रहेका छन्।

प्रतियोगीताको यो आठौं संस्करण हो। नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरीय मानिएको प्रतियोगिताको यो संस्करणमा पनि युवाको हकमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाई हुनुपर्ने प्रावधान थियो।

देशभरबाट सहभागी थुप्रै मोडलबाट ३८ छानिएका हुन्। छानिएका सबे प्रतियोगी अन्तिम स्पर्धाका लागि व्यक्तित्व विकास, शारीरिक बनावट, र्‍याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा जुटिसकेका छन्।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ८ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाको धारणा छ। प्रतियोगीतामा सांगीतिक कार्यक्रम सहित भब्य रुपमा आयोजना हुने धमलाले जानकारी दिए।

प्रतियोगीताको फाइनल स्पर्धा आगामी २९ डिसेम्बर अर्थात यहि पुस १२ गते होटल सोल्टीमा आयोजना हुनेछ। प्रतियोगीताको मेल विजेताले पार्टो रिको देशमा आयोजना हुने अन्तराष्ट्रिय मोडलिङ प्रतियोगीता ‘रनवे मोडल इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने र फिमेल विजेताले थाइल्याण्डमा आयोजना हुने मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्नुको अलवा विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरको तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन्।

पछिल्लो समय सौन्दर्य प्रतियोगीतामा महिला असुरक्षित भएको आवाज उठ्दै आएको छ। यस सम्बन्धमा पाण्डे आफूहरुले महिलाहरुको हकहित संरक्षण, उनीहरुको सुरक्षाको प्रत्याभुति गराउनको साथै यस्ता प्रतियोगिताले दविएको आवाज बुलन्द गर्न हौसला प्रदान गर्ने बताउँछिन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?