मुख्यमन्त्री छान्न आज निर्वाचनः अन्तिममा पाण्डे आउट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २६, २०७४
|
|
२९ पटक हेरिएको
Shares
मुख्यमन्त्री छान्न आज निर्वाचनः अन्तिममा पाण्डे आउट

सारांश

  • काठमाडौं, माघ २६ ।
  • प्रदेशसभामा बहुमत ल्याएको नेकपा एमालेले ३ नम्बर प्रदेशमा कसलाई मुख्यमन्त्री बनाउने निर्णय नहुँदै विवाद सुरु भएको छ ।
  • मुख्यतः पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र धादिङबाट निर्वाचित राजेन्द्र पाण्डेबीच मुख्यमन्त्रीको लागि विवाद सुरु भएको थियो ।

काठमाडौं, माघ २६ । प्रदेशसभामा बहुमत ल्याएको नेकपा एमालेले ३ नम्बर प्रदेशमा कसलाई मुख्यमन्त्री बनाउने निर्णय नहुँदै विवाद सुरु भएको छ । मुख्यतः पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र धादिङबाट निर्वाचित राजेन्द्र पाण्डेबीच मुख्यमन्त्रीको लागि विवाद सुरु भएको थियो ।

प्रदेश ३ को मुख्यमन्त्रीको लागि शाक्य र पाण्डेसँगै डोरमणि पौडेल, पशुपति चौलागाईं, रामेश्वर फुयाँल र केशव स्थापितको नाम पनि चर्चामा थियो । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएकाले आकांक्षीहरु धेरै देखिएका हुन् ।

तर, पौडेल, स्थापित र फुयाँलबाहेक अन्य सबै एमाले वरिष्ठ नेता माधव नेपाल निकट हुन् । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बन्ने हो भने चितवन १ बाट निर्वाचित सांसद सुरेन्द्र पाण्डेलाई समेत आफ्नो गुटमा ल्याउन आग्रह गरेका थिए ।

राजेन्द्र पाण्डे सुरेन्द्र पाण्डेका दाई समेत हुन् ।

शाक्य र पौडेल भीड्दै
विवादका बाबजुद आज प्रदेश ३ को संसदीय दलको नेता चयनका लागि एमालेले मनोनयन प्रक्रिया सुरु भएको छ । आकांक्षीहरु धेरै भएपछि एमालेले निर्वाचनमार्फत दलको नेता चुन्न लागेको थियो ।
शुक्रबार बिहान १० बजेसम्म दुई जनाको उम्मेदवारी दर्ता भइसकेको छ । पहिलो नम्बरमा अष्टलक्ष्मी शाक्य र दोस्रोमा डोरमणी पोडेलेको उम्मेदवारी दर्ता भएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा जारी रहेको नेता छान्न लागि भएको चुनावमा शाक्य र पौडेलको उम्मेदवार परेको हो । पाँच जना सदस्यले मनोयन लगेपनि निर्धारित समय बिहान १० बजेसम्म शाक्य र पौडेलको मात्रै उम्मेदवार परेको हो ।

प्रदेश ३ को संसदीय दलको नेता चुन्नको लागि उपाध्यक्ष शाक्य र पौडेलबीच चुनाव हुने भएको छ । यसअघि एमालेको ३ नम्बर प्रदेश सचिवालयले शाक्यलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

गोप्य मतदान हुने
दिउँसो १२ बजेदेखि १ बजेसम्म संसदीय नलको नेता छान्नका लागि गोप्य मतदान हुनेछ । राजेन्द्र पाण्डे, रामेश्वर फुँयाल र गणेश दुलालले उम्मेदवारकी मनोयन पत्र लगेपनि शाक्य र पौडेलले मात्रै मनोनयन दर्ता गरेका थिए ।

एमालेको प्रदेश नम्बर तीन पार्टी कमिटीको संयोजक समेत रहेकी शाक्य माधव नेपाल निकट नेता हुन भने हेटौडा नगरपालिका पूर्वमेयर पौडेल अध्यक्ष केपी शर्मा ओली निकट नेता हुन् ।

एमाले संसदीय दलको नेता नै प्रदेश नम्बर तीनको मुख्यमन्त्री हुनेछ । १ सय १० सदस्यीय प्रदेशसभामा एमालेका ५८ सदस्य रहेका छन् ।

अन्तिममा पाण्डे ‘आउट’
एमालेका पोलिटब्यूरो सदस्य रोजेन्द्र पाण्डेले आफूलाई अध्यक्ष केपी ओलीको समर्थन रहेको खुलासा समेत गरेका थिए । तर, उनै पाण्डे अन्तिम समयमा आएर उम्मेदवारी दर्ता गर्नबाट बञ्चित भएका छन् ।

स्रोतका अनुसार मुख्यमन्त्री बन्ने भएपछि राजेन्द्र पाण्डे लगभग ओली गुटमा जान लागेका थिए । ओली गुटमा गएपछि लगभग पाण्डे मुख्यमन्त्री बन्ने सम्भावना रहेको थियो ।

सहमति नजुटेपछि प्रदेश १ को संसदीय दलको नेता पनि एमालेले निर्वाचनमार्फत् नै चयन गर्दैछ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Sabin Shrestha

    Ho yo Daka lai aaut garnai parxa

    Comment Author

    Dipen Thapa

    Ho sahi ho yeslai yestai garnu parxa yo maphia lai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?