बारुद किन्ने फाइल भारतीय दूतावासमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १, २०८०
|
|
४६ पटक हेरिएको
Shares
बारुद किन्ने फाइल भारतीय दूतावासमा

सारांश

  • भरतपुर।
  • नारायणगढ–मुग्लिन सडकखण्डको बीचमा पर्ने तुइन खोलामा पुल बनाउन अवरोधक बनेको पहरो फोर्न आवश्यक विस्फोटक पदार्थ खरिद प्रक्रियाको फाइल काठमाडौंस्थित भारतीय दूतावासमा पुगेको देखिएको छ ।
  • बारुद किन्न ‘नो अब्जेक्सन लेटर’ का लागि फाइल भारतीय दूतावासमा रहेको नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो ।

भरतपुर। नारायणगढ–मुग्लिन सडकखण्डको बीचमा पर्ने तुइन खोलामा पुल बनाउन अवरोधक बनेको पहरो फोर्न आवश्यक विस्फोटक पदार्थ खरिद प्रक्रियाको फाइल काठमाडौंस्थित भारतीय दूतावासमा पुगेको देखिएको छ ।

बारुद किन्न ‘नो अब्जेक्सन लेटर’ का लागि फाइल भारतीय दूतावासमा रहेको नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । आयोजनाले बारुद किन्न गरेको मागअनुसार रक्षा र गृह मन्त्रालयको स्वीकृतिसहित परराष्ट्र मन्त्रालय हुँदै अहिले भारतीय दूतावासमा पुगेको कार्कीले बताउनुभयो । दुई दिनअघिसम्म उक्त फाइल कहाँ छ भन्ने यकिन थिएन ।

गोरखापत्र दैनिकले बुधबारको अङ्कमा ‘पहरो फुटाउने फाइल नै हरायो’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । “समाचार आएपछि हामीले फाइल खोज्ने क्रममा अहिले खरिद प्रक्रियाकै क्रममा भारतीय दूतावासमा रहेको पाइएको छ,” उहाँले भन्नुभयो । भारतबाट विस्फोटक पदार्थ खरिदका लागि आयोजनाका सहजकर्ता कृष्ण न्यौपानेले एक÷दुई दिनभित्रै भारतीय दूतावासले ‘नो अब्जेक्सन लेटर’ दिने र त्यसकै आधारमा नेपाली सेनासँग सहकार्य गरेर भारतबाट बारुद आयात गर्ने बताउनुभयो ।

“हामीले वैशाखको अन्तिमसम्म विस्फोट गराउन सक्ने गरी बारुद आयातको प्रक्रिया सुरु गरिसकेका छौँ,” न्यौपानेले भन्नुभयो, “आयात गरिएको विस्फोटक पदार्थ सेनाको भरतपुर ब्यारेकमा भण्डारण गरेर पहरा फोर्न प्रयोग गर्नेछौँ ।” भारतको महाराष्ट्रमा रहेको एस बी एल इनर्जी लिमिटेडबाट १५ टन बारुद खरिदका लागि परियोजनाले प्रक्रिया अघि बढाएको हो । “आवश्यकता हेरेर पाँच÷पाँच टन गर्दै बारुद आयात गर्ने हो,” उहाँले थप्नुभयो, “नेपाली सेनाकै समन्वयमा उनीहरूसँगै सम्झौता गरेर आयात गर्ने हो ।

यसरी आयात गरिएको बारुद नेपाली सेनाले नै ढुवानी, भण्डारण र विस्फोट गराउँदासम्मको अनुगमन तथा निगरानी राख्ने गर्छ ।” नारायणगढ–मुग्लिन सडकको तुइन खोलामाथिको पुलसँगैको ११ मिटर अग्लो र ४० मिटर चौडाइको पहरो विस्फोट गर्न नसक्दा पुल निर्माणको काम लामो समयदेखि रोकिएको छ ।

विश्व बैङ्कको एक अर्ब २७ करोड पाँच लाख रुपियाँ आर्थिक सहयोगमा नारायणगढ–मुग्लिन सडक आयोजनामा १५ वटा पुल निर्माणको काम भइरहेको हो ।

२०७६ चैत १० गते ठेक्का सम्झौता भई बन्न सुरु भएका ती पुलमध्ये अहिलेसम्म ११ वटा निर्माण सम्पन्न भई हस्तान्तरणको तयारीमा छन् तर तुइनसहित चिसेन्जी, काली, सिमलताल र नाम्चे खोलामा निर्माणकै क्रममा छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमानस्थालबाट बरामद गरिएका ६ वटा बाकसमा के थियो ?
विमानस्थालबाट बरामद गरिएका ६ वटा बाकसमा के थियो ?
दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्छौं ः अध्यक्ष प्रचण्ड
दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्छौं ः अध्यक्ष प्रचण्ड
साधारणसभा स्थलबाट पत्रिका जफत !
साधारणसभा स्थलबाट पत्रिका जफत !
दुबईमा नेपालीले टिकटिकसँगै होली मनाए
दुबईमा नेपालीले टिकटिकसँगै होली मनाए
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
जनार्दन शर्मा गृहमन्त्री,उपप्रधान तथा परराष्ट्रमन्त्री महरा !
जनार्दन शर्मा गृहमन्त्री,उपप्रधान तथा परराष्ट्रमन्त्री महरा !
दुधको मुल्य ९.५० रुपैयाँ बढ्यो
दुधको मुल्य ९.५० रुपैयाँ बढ्यो
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
काभ्रेमा ४६ उम्मेदवारको जमानत जफत : १३ जनाले सय मत कटाएनन् !
काभ्रेमा ४६ उम्मेदवारको जमानत जफत : १३ जनाले सय मत कटाएनन् !
समानुपातिक सांसदहरुलाई प्रमुख निर्वाचन आयुक्तद्वारा प्रमाणपत्र प्रदान
समानुपातिक सांसदहरुलाई प्रमुख निर्वाचन आयुक्तद्वारा प्रमाणपत्र प्रदान