लायन्स क्लबद्वारा सिन्धुपाल्चोक बाढी पीडितलाई राहत वितरण
सारांश
- लायन्स क्लब अफ नेपाल शेर्पाजले हालसालै बाढी पहिरो पीडित क्षेत्र सिन्धुपाल्चोकमा नगद सहयोग हस्तान्तरण गरेको छ ।
- डिस्ट्रिक्ट ३२५ ए २ अन्तर्गतका क्लब नेपाल शेर्पजले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाको बाढी पहिरो पीडित परिवारलाई नगद राहत वितरण गरेको छ ।
- भोटेकोसी गाउँपालिका वडा नं.
लायन्स क्लब अफ नेपाल शेर्पाजले हालसालै बाढी पहिरो पीडित क्षेत्र सिन्धुपाल्चोकमा नगद सहयोग हस्तान्तरण गरेको छ । डिस्ट्रिक्ट ३२५ ए २ अन्तर्गतका क्लब नेपाल शेर्पजले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाको बाढी पहिरो पीडित परिवारलाई नगद राहत वितरण गरेको छ । भोटेकोसी गाउँपालिका वडा नं. ४ फुल्पीङमा गएको पहिरोमा परि ५ जना परिवार गुमाएका गेन्जेन शेर्पालाई नगद २५ हजार रुपैयाँ राहत वितरण गरेको छ।सोहि गाउँपालिकाको वडा ५ बुल्कोटेका फुर्वा शेर्पालाई २० हजार र पामी तामांगलाई १० हजार रुपैंयाँ प्रदान गरेको । फुर्वाले आफ्नी श्रीमती र १ छोरा गुमाएका छन् र परिवारका २ जना सदस्य अझै उपचाररत छन भने पामीले आफ्ना १ छोरा र दाइको छोरा गुमाएका छन्। यसै गरी भोटेकोशी गाउँपालिकाकै वडा ३ लार्चा गाउँको डोल्मा शेर्पालाई ५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ जसले श्रीमानलाई पहिरोमा नै गुमाउनु पर्यो। वडा १ नया पुलमा ३ हजार बराबरको मास्क समेत् वितरण गरेको छ। लायन्स क्लब अफ नेपाल शेर्पजका प्रथम उपाध्यक्ष छिरिङ्ग शेर्पा, सचिव चेंगा शेर्पा, सदस्य जाङ्ग्बु“ शेर्पा, बीरबहाद’र शेर्पा लगायतका टीमले उक्त पीडित क्षेत्रमा नै गई पीडित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको हो ।वडा अध्यक्ष साङ दोर्जे शेर्पा लगायत उपस्थित भै सहयोग हस्तान्तरण गरे । लायन्स क्लब अफ नेपाल शेर्पजले सिन्धुपाल्चोक गएको विपति सिर्जना भएको केहि समय लगत्तै सहयोग संकलन अभियान थालिएको थियो। उक्त सहयोग संकलन अभियानमा नेपाल शेर्पजले नगद १५ हजार, लायन्स क्लब अफ नेपाल एभरेस्टले नगद २० हज्रार, लायन्स क्लब अफ नेपाल सेभ हिमालयले नगद १५ हजार, डिस्ट्रिक्ट ३२५ का द्वित्तीय गभर्नर दिनेश श्रेष्ठले १० हजार र पर्यटन व्यवसायी पासांग शेर्पाले नगद २ हजार ५ सय गरी जम्मा ६० हजार ५ सय रुपैयाँ संकलन भएको थियो। संकलित नगद पीडितहरुको अवस्था हेरी सहयोग उपलब्ध गराएको नेपाल शेर्पज्का प्रथम उपाध्यक्षले छिरिङ्ग शेर्पाले जानकारी दिए।वर्षातले निरन्तर जमिनहरु भासिएको कारणले राहत पीडित समक्ष समयमा पुग्न समेत कठिनाई रहेको क्लबका सदस्य वीर बहादुर शेर्पाले जानकारी दिए।सामाजिक सेवामा समर्पित संस्थाले समाजमा भै परी आउने समस्यामा जति सकिन्छा सेवाको कार्य जारी रहने अद्धक्ष्य पासांग शेर्पा छेल्हामु 
’ले बताए।
प्रतिक्रिया