छिमेकी कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २३, २०७६
|
|
४४ पटक हेरिएको
Shares
छिमेकी कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ !

सारांश

  • आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ पर्नुभएको छ ।
  • छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो ।
  • लुइँटेलले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका थिए ।

आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ पर्नुभएको छ । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो ।लुइँटेलले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका थिए । मादक पदार्थ सेवन गरी लुइँटेलले आफूलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । लुइँटेललाई आइबार साँझ सदरमुकामबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो ।

आफूलाई पटक–पटक धम्की आएको र पछिल्लो पटक ०७६ असार ३० गते आफूमाथि कार्यालयमै आक्रमण भएपछि बाध्य भएर सहकर्मीविरुद्ध उजुरी गरेको पीडित थापाले बताउनुभयो । गाउँपालिकामा कर्मचारी र अन्य जनप्रतिनिधिले असुरक्षा महसुस गरेकाले सुरक्षाका लागि कानूनी उपचार खोजेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौचन हत्याकाण्ड: कहाँ पुग्यो अनुसन्धान ?
गौचन हत्याकाण्ड: कहाँ पुग्यो अनुसन्धान ?
पेस्तोल र गोलीसहित तीन जना पक्राउ- निर्माण व्यवसायी हत्याप्रकरण
पेस्तोल र गोलीसहित तीन जना पक्राउ- निर्माण व्यवसायी हत्याप्रकरण
कपिलवस्तुमा सवारी दुर्घटना, १ को मृत्यु, २ जना घाइते
कपिलवस्तुमा सवारी दुर्घटना, १ को मृत्यु, २ जना घाइते
संकटमा कांग्रेसः देउवाले राजीनामा देलान् ?
संकटमा कांग्रेसः देउवाले राजीनामा देलान् ?
अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
मर्न खोजें सकिनँ
मर्न खोजें सकिनँ
वातावरण संरक्षण सरकारको प्राथमिकतामा: मुख्यमन्त्री शाही
वातावरण संरक्षण सरकारको प्राथमिकतामा: मुख्यमन्त्री शाही
‘एक रुपैयाँ’ले बनाएकाे रहेछ सरकार हल्लाउने निर्मलाकाे याे पाेस्टर
‘एक रुपैयाँ’ले बनाएकाे रहेछ सरकार हल्लाउने निर्मलाकाे याे पाेस्टर
कम उमेरमै स्कुल पठाउने, पठ्न दबाब दिने कारणले, पनि बढाउन सक्छ बाल मनोरोग…
कम उमेरमै स्कुल पठाउने, पठ्न दबाब दिने कारणले, पनि बढाउन सक्छ बाल मनोरोग…
महिला विश्वकप छनोट क्रिकेटमा नेपालले चीनलाई ५ रनले हरायो
महिला विश्वकप छनोट क्रिकेटमा नेपालले चीनलाई ५ रनले हरायो