बालेनको योजनामा ओली, लेखक र मलाई गिरफ्तार गर्नुपर्छ भनेर ट्रेण्ड चलाइयोः महेश बस्नेत

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २२, २०८२
|
|
४६ पटक हेरिएको
Shares
बालेनको योजनामा ओली, लेखक र मलाई गिरफ्तार गर्नुपर्छ भनेर ट्रेण्ड चलाइयोः महेश बस्नेत

सारांश

  • काठमाडौं।
  • नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य महेश बस्नेतले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको योजनामा केपी ओली, रमेश लेखक र आफूलाई गिरफ्तार गर्नुपर्छ भनेर सामाजिक सञ्जालमा ट्रेण्ड चलाउने काम भएको बताएका छन् ।
  • आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सुदन गुरुङजस्ता मान्छेहरु बालेनको योजनामा परिचालित भएको बताएका हुन् ।

काठमाडौं। नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य महेश बस्नेतले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको योजनामा केपी ओली, रमेश लेखक र आफूलाई गिरफ्तार गर्नुपर्छ भनेर सामाजिक सञ्जालमा ट्रेण्ड चलाउने काम भएको बताएका छन् ।

आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सुदन गुरुङजस्ता मान्छेहरु बालेनको योजनामा परिचालित भएको बताएका हुन् ।

‘सुदन गुरुङजस्ता मान्छेहरु बालेनजीहरुको योजनामा केपी ओली, रमेश लेखक र महेश बस्नेतलाई गिरफ्तार गर्नुपर्छ भनेर मिडिया ट्रायल गर्छन् । सामाजिक सञ्जालमा ट्रेण्ड चलाउँछन् । अनि डेलिगेशन जान्छन्, प्रधानमन्त्री र गृहमन्त्रीज्यूको सल्लाहमा,’– उनले भने ।

साथै, उनले सुदन गुरुङलाई ‘उरन्ठेउलो’ को संज्ञा दिएका छन् । सुदनले अनाधिकृत ढंगले सरकारी बैठकहरुमा निर्देशन दिने गरेको भन्दै उनले आपत्ति जनाए । विभिन्न अन्तर्राष्ट्रिय शक्तिका एजेण्टहरुले अवैधानिक ढंगले नेपालको राज्य संयन्त्रलाई कब्जा गर्न खोजिरहेको पनि उनले बताए । त्यो पात्रको रुपमा सुदन गुरुङजस्ता मान्छेहरुलाई एम्बुस बनाएर पड्काउन खोजिएको उनको दाबी छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    anm”ala dig till binance

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://www.binance.bh/register?ref=QCGZMHR6

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभर १६ सय १४ संक्रमित थप, २३ जनाको मृत्यु
देशभर १६ सय १४ संक्रमित थप, २३ जनाको मृत्यु
आजदेखि मनसुन थप सक्रिय, सतर्कता अपनाउन आग्रह
मिटरब्याजी पीडितको समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
मिटरब्याजी पीडितको समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
प्रधानमन्त्रीको प्रश्न, ‘बालुवाटार अहिलेको सरकारले मासेको हो र ?’
प्रधानमन्त्रीको प्रश्न, ‘बालुवाटार अहिलेको सरकारले मासेको हो र ?’
शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण,  किसानले लिएका ऋण मिनाहा
शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण, किसानले लिएका ऋण मिनाहा
गण्डकी विकास बैंकको विर्तामोड र विराटनगर शाखावाट कारोवार शुभारम्भ
गण्डकी विकास बैंकको विर्तामोड र विराटनगर शाखावाट कारोवार शुभारम्भ
नागढुंगा सुरुङमार्गः अर्को साउनदेखि गुड्नेछन् गाडी
नागढुंगा सुरुङमार्गः अर्को साउनदेखि गुड्नेछन् गाडी
भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य, ग्यासको मूल्य बढ्यो
भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य, ग्यासको मूल्य बढ्यो
(युवा संघ)त्रिवेणी गाउँपालिका (का संयोजक बिनाेद थापामाथि सांघातिक अाक्रमण,
(युवा संघ)त्रिवेणी गाउँपालिका (का संयोजक बिनाेद थापामाथि सांघातिक अाक्रमण,
दक्षिणायनको अन्तिम औँसी : तीर्थ अर्थात् गया श्राद्ध गरिँदै
दक्षिणायनको अन्तिम औँसी : तीर्थ अर्थात् गया श्राद्ध गरिँदै