बिजुली गाडी चार्ज गर्न कति खर्च लाग्छ ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २६, २०७८
|
|
२२ पटक हेरिएको
Shares
बिजुली गाडी चार्ज गर्न कति खर्च लाग्छ ?

सारांश

  • पछिल्लो समय भएको युक्रेन–रुस युद्धको प्रभावले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिका कारण नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ ।
  • अहिलेको पेट्रोलको हाहाकार , बढ्दो सहरी प्रदुषण लगायत अन्य धेरै कारणले इन्धन्युक्त सवारीसाधनको विकल्पको रुपमा विद्युतीय सवारीसाधनलाई लिन थालिएको छ ।
  • नेपालमा मात्रै नभई विश्वभर डिजेल पेट्रोलको तुलनामा विद्युतीय सवारीसाधनको प्रयोग बढ्न थालेको छ ।

पछिल्लो समय भएको युक्रेन–रुस युद्धको प्रभावले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिका कारण नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । अहिलेको पेट्रोलको हाहाकार , बढ्दो सहरी प्रदुषण लगायत अन्य धेरै कारणले इन्धन्युक्त सवारीसाधनको विकल्पको रुपमा विद्युतीय सवारीसाधनलाई लिन थालिएको छ ।

नेपालमा मात्रै नभई विश्वभर डिजेल पेट्रोलको तुलनामा विद्युतीय सवारीसाधनको प्रयोग बढ्न थालेको छ । नेपालमा पनि सरकारले आर्थिक वर्ष २०७७÷७८को वार्षिक बजेटमार्फत विद्युतीय सवारी प्रवद्र्धन गर्नको लागि कर छुटलगायत सुविधा घोषणा गरेको छ । वातावरणमैत्री, आवाज नआउने र एकपटक लगानी गरेपछि डिजेल÷पेट्रोलयुक्त गाडीमा जस्तो धेरै खर्च नहुने भएकाले पछिल्लो समय प्रयोगकर्ताहरुले विद्युतीय सवारी साधनप्रति चासो देखाउँदै आएका छन् ।

नेपालमा अहिले दर्जन भन्दा बढी विद्युतीय कारका विभिन्न मोडेलहरु बजारमा बिभिन्न कम्पनीले भित्र्याउदै आएका छन् । कार सार्वजनिक हुने क्रममा प्रयोगकर्ताले बाहिरी डिजाइन, सुरक्षाका फिचर जस्तै गाडीमा भएको ब्याट्री क्षमता, त्यसको चर्जिंग अवधि र ब्याट्री चार्ज गर्न लाग्ने खर्चबारे चासो देखाउने गरेको पाइएको छ ।

सामान्यतया ६० किलोवाट आवर ब्याट्री क्षमता सहितको एउटा विद्युतीय कारले ७ किलोवाटको चार्जिङ पोइन्टको साथ पूर्णरुपमा चार्ज हुन ८ घण्टा भन्दा कम समय लाग्छ। धेरै विद्युतीय कारहरूको लागि ५० किलोवाट द्रुत चार्जरको प्रयोग गरी ३५ मिनेटसम्ममा पूर्णरुपमा चार्ज गर्न सकिन्छ ।

नेपालमा भित्रिने डिजेल÷पेट्रोलयुक्त कारमा रहेको ट्याङ्कीको आकार औसतमा ४५–६५ लिटरको हुने गर्दछ। त्यसमा एकपटक १५० रुपैयाँ प्रति लिटरको दरले पेट्रोल फुल ट्याङ्क गर्ने हो भने ६ हजार ७५० रुपैयाँ देखि ९ हजार ७५० रुपैयाँ लाग्ने गर्दछ । यस्तोमा, विद्युतीय कारमा जडान भएको ब्याट्री क्षमता अनुसार एकपटक पूर्णरुपमा चार्ज गर्न कति खर्च लाग्छ भन्ने निर्धारित हुने गर्दछ । त्यस्तै प्रत्येक चर्जिंग स्टेसनमा गाडी चार्ज गर्दा प्रति युनिट फरक फरक मूल्य हुन सक्छ ।

७१ किलोवाट क्षमताको ब्याट्री रहेको विद्युतीय कारमा ० देखि १०० सम्म चार्ज गर्दा ७१ युनिट नै लाग्ने गर्दछ र प्रति युनिट १०–१५ रुपैयाँको दरले औसतमा ७१० रुपैयाँ देखि १०६५ रुपैयाँ लाग्ने गर्दछ । कुनै स्थानमा ८० किलोवाट, ७१ किलोवाट र ५० किलोवाट क्षमताको व्याट्री प्याक जडान भएको कार क्रमशः पूर्णरुपमा चार्ज गर्ने हो भने तीनवटै गाडीमा छुट्टाछुट्टै युनिट बिजुली खपत हुने गर्दछ।

त्यसबाहेक, कारको चार्ज गर्ने अवधि सम्ममा ब्याट्रीमा रहेको चार्ज कति छ र कति चार्ज गर्न आवश्यक पर्छ त्यहि अनुरुप खर्च लग्ने गर्दछ । घरायशी चार्जरबाट चार्ज गर्ने हो भने पनि एकपटकको पूर्ण चार्जमा कति युनिट विजुली खपत हुन्छ भन्ने गाडीको ब्याट्री क्षमतामा निर्भर हुन्छ । नेपालमा भित्रिने सम्पूर्ण विद्युतीय सवारीसाधनहरु एकचोटी ब्याट्री फुल चार्ज गर्न १० देखि ८० युनिट विद्युत् खपत हुने गर्दछ ।

सरकारले नेपालमा विद्युत् खपत गरेबापत उपभोक्ताका लागि प्रति युनिट १०.५० देखि १२ रुपैयाँ तोकेको छ। त्यसैअनुरुप, प्रत्येक फुल चार्जमा अघिकतम १२ रुपैयाँको दरले १० देखि ८० युनिट विद्युत खपत भएको खण्डमा १२० रुपैयाँ देखि ९६० रुपैयाँ लाग्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक हजार भूकम्पपीडितलाई मात्र तेस्रो किस्ता
एक हजार भूकम्पपीडितलाई मात्र तेस्रो किस्ता
दुर्घटनामा नायिका बिना थापाको निधन
दुर्घटनामा नायिका बिना थापाको निधन
हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर
हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर
त्रिभूवन राजपथमा जामका कारण बिरामीको बाटोमै मृत्यु
त्रिभूवन राजपथमा जामका कारण बिरामीको बाटोमै मृत्यु
मध्यपूर्वमा युद्ध झन् चर्कंदै, लेबनानी सहरहरुमा इजरायलको नयाँ आक्रमण
मध्यपूर्वमा युद्ध झन् चर्कंदै, लेबनानी सहरहरुमा इजरायलको नयाँ आक्रमण
प्रदेश १ को नाम किरात प्रदेश हुने:मन्त्री आङबो
प्रदेश १ को नाम किरात प्रदेश हुने:मन्त्री आङबो
मुग्लिन नारायणगढ सडकमा यात्रा गर्दै हुनुहुन्छ भने एसएमएस गरेर मात्रै जानुस्
मुग्लिन नारायणगढ सडकमा यात्रा गर्दै हुनुहुन्छ भने एसएमएस गरेर मात्रै जानुस्
भाइबर आउटको न्यून अन्तर्राष्ट्रिय कल शुल्क नेपालमा लागू
भाइबर आउटको न्यून अन्तर्राष्ट्रिय कल शुल्क नेपालमा लागू
भीआईपी जुवाडेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश
भीआईपी जुवाडेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश
विश्व समाचार : पाकिस्तानको दाबी झुटो, पाकिस्तनको कब्जामा एक जनामात्र भारतीय पाइलट
विश्व समाचार : पाकिस्तानको दाबी झुटो, पाकिस्तनको कब्जामा एक जनामात्र भारतीय पाइलट

तपाईंले छुटाउनुभयो कि?