बिना भेदभाव समान कामका लागि समान ज्याला : राष्ट्रियसभा अध्यक्ष

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १८, २०७६
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात १३० औं मजदुर दिवसको अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धिको शुभकामना दिएका छन् ।
  • ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन गर्न पाउने लगायत पेशागत हितको प्रबद्र्धन र कामको सुरक्षाका आधारभूत माग राखी अमेरिकाको सिकागोमा भएको संघर्षबाट मजदुरको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ भन्ने मान्यता स्थापित भएको थियो ।

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात १३० औं मजदुर दिवसको अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धिको शुभकामना दिएका छन् ।

८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन गर्न पाउने लगायत पेशागत हितको प्रबद्र्धन र कामको सुरक्षाका आधारभूत माग राखी अमेरिकाको सिकागोमा भएको संघर्षबाट मजदुरको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ भन्ने मान्यता स्थापित भएको थियो ।

सोही दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष मे १ मा विश्व मजदुर दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ ।

श्रम कुनै वस्तु वा बिक्री वितरणको साधन होइन भन्ने मूल मान्यताका साथ अघि बढेको मजदुरहरुको आन्दोलनले विभिन्न आरोहअवरोह पार गर्दै कामको छनौट गर्ने अधिकार, उत्पादनमुलक रोजगारीको अवसर, बिना भेदभाव समान कामका लागि समान पारिश्रमिकको अधिकार, सुरक्षित र स्वस्थ कामका अवस्थाहरु, विश्राम तथा कार्यघण्टाको उचित सीमा एवं तलबी बिदाको अधिकार, ट्रेड युनियन खोल्ने र सम्मिलित हुन पाउने अधिकार, सामुहिक सौदावाजी तथा सामाजिक बिमा र सामाजिक सुरक्षा जस्ता अधिकारहरु स्थापित भएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको योगदानको उच्च मुल्यांकन तथा सम्मान गर्र्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाले तोक्यो बिन लादेनका छोराको सूचना दिनेलाई १० लाख डलर पुरस्कार
अमेरिकाले तोक्यो बिन लादेनका छोराको सूचना दिनेलाई १० लाख डलर पुरस्कार
टी-२० विश्वकपमा आज चार खेल हुँदै
टी-२० विश्वकपमा आज चार खेल हुँदै
पिएसजी किन छोड्दैछन् नेइमार ? यस्तो छ तयारी
पिएसजी किन छोड्दैछन् नेइमार ? यस्तो छ तयारी
यस्तो छ काठमाडौं महानगरले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ)
यस्तो छ काठमाडौं महानगरले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ)
समानुपातिकमा बन्द सुचिका नामहरुलाई तलमाथि गर्न पाईँदैन् : प्रमुख निर्वाचन आयुक्त यादव
समानुपातिकमा बन्द सुचिका नामहरुलाई तलमाथि गर्न पाईँदैन् : प्रमुख निर्वाचन आयुक्त यादव
शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
सिमेन्ट अभाव छैन, प्राधिकरणलाई सहयोग गर्न उद्योगी तयार
सिमेन्ट अभाव छैन, प्राधिकरणलाई सहयोग गर्न उद्योगी तयार
पानीको बिषयलाई लिएर झगडा हुँदा एक व्यक्तिको हत्या
पानीको बिषयलाई लिएर झगडा हुँदा एक व्यक्तिको हत्या
यो १३-बुँदे ज्ञापनपत्रको हालत् ४०बुँदे जस्तो नहोस् है प्रमज्यू!: भट्टराई
यो १३-बुँदे ज्ञापनपत्रको हालत् ४०बुँदे जस्तो नहोस् है प्रमज्यू!: भट्टराई
आज पनि पानी पर्ने, उच्च पहाडी भेगमा हिउँ
आज पनि पानी पर्ने, उच्च पहाडी भेगमा हिउँ