सिमेन्टमा नेपाल अझै आत्मनिर्भर बन्न सकेन , वार्षिक अर्वौको सिमेन्ट आयात

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
५१ पटक हेरिएको
Shares
सिमेन्टमा नेपाल अझै आत्मनिर्भर बन्न सकेन , वार्षिक अर्वौको सिमेन्ट आयात

सारांश

  • काठमाडौं ।
  • सरकारले मुलुक सिमेन्टमा आत्मनिर्भर नजिक रहेको दावी गरिरहे पनि तयारी सिमेन्ट तथा यसको कच्चा पदार्थ क्लिङ्करको आयात भने बर्षेनी बढ्दै गइरहेको छ ।
  • नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ३१ अर्ब १७ करोड रुपैयाँ बराबरको तयारी सिमेन्ट तथा क्लिङ्कर आयात भएको छ ।

काठमाडौं । सरकारले मुलुक सिमेन्टमा आत्मनिर्भर नजिक रहेको दावी गरिरहे पनि तयारी सिमेन्ट तथा यसको कच्चा पदार्थ क्लिङ्करको आयात भने बर्षेनी बढ्दै गइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ३१ अर्ब १७ करोड रुपैयाँ बराबरको तयारी सिमेन्ट तथा क्लिङ्कर आयात भएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार नेपाल सिमेन्टमा आत्मनिर्भर हुन अझै निकै समय लाग्ने देखाएको हो । सरकारले मुलुक सिमेन्टमा आत्मनिर्भरनजिक रहेको दावी गरिरहे पनि तयारी सिमेन्ट तथा यसको कच्चा पदार्थ क्लिङ्करको आयात भने बर्षेनी बढ्दै गइरहेको पाइएको छ ।

 

आव २०७३/७४ मा २४ अर्ब रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर आयात भएकोमा गत वर्ष २९ प्रतिशत वृद्धि भइ ३१ अर्ब रुपैयाँको आयात भएको छ । अघिल्लो आव २०७२/७३ मा ११ अर्ब ६८ करोड रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर आयात भएको थियो । सरकारले २०७४ साललाई ‘बेन्चमार्क’ राख्दै सिमेन्टमा आत्मनिर्भर हुने महत्वाकांक्षी योजना ल्याएको थियो । तर, सिमेन्ट तथा क्लिङ्करको आयातको अनुपातलाई हेर्दा भने आत्मनिर्भर हुुन अझै निकै समय लाग्ने देखिएको छ ।

 

 

२०७२ सालको भूकम्पले नेपालमा ८ लाखभन्दा बढी निजी आवास तथा ठूलो संख्यामा विद्यालय, स्वास्थ्य चौकी तथा सम्पदाहरूमा क्षति पु¥याएपछि पुनर्निर्माणका क्रममा परम्परागत निर्माण शैली बदलिएको छ । ढुंगा र माटोले बनेका अधिकांश घरहरू अहिले सिमेन्ट र बालुवाबाट बन्न थालेका छन् । कतिपयले ढुंगाको विकल्पका रूपमा इटाको समेत प्रयोग गर्न थालिसकेका छन् । यसरी पुनर्निर्माणले स्वरूप र निर्माण शैलीमै परिवर्तन ल्याउँदा सम्वन्धित सामाग्रिको आयात पनि बढेको छ ।

 

घर निर्माणमा सबैभन्दा बढी प्रयोग हुने निर्माण सामग्रीमध्ये सिमेन्ट मुख्य हो र अहिले यही सिमेन्ट उद्योगमा राष्ट्रिय तथा वाह्य लगानी आकलन गरिएभन्दा बढी विस्तार भइरहेको छ । पहिले वार्षिक १० देखि १२ प्रतिशतको हाराहारीमा माग बढ्थ्यो भने अहिले १८,२० प्रतिशतसम्म माग बढेको छ ।

 

सिमेन्ट उद्योगमा आएका पछिल्ला वैदेशिक लगानी नेपाली उद्योगभन्दा निकै नै ठूला छन् । चिनियाँ कम्पनी होङ्सीले सिमेन्टले ३६ अर्ब लगानीको उद्योग स्थापना गरेको छ भने नेपालमा ८४ वटा सिमेन्ट उद्योगले सञ्चालन इजाजत लिएका छन् । जसमध्ये ४८ वटा सञ्चालनमा छन ।

 

आत्मनिर्भरको लागि लगानी बढाउन आवश्यक

नेपालमा सन् १९६० को दशकबाट चीन, भारत, थाइल्याण्ड, जापान लगायतका थुप्रै देशहरुबाट सिमेन्ट आयात गरी प्रयोग गर्न सुरु गरिएको हो । आज सिमेन्ट आम मानिसको दैनिक जीवनसँग जोडिन पुगेको छ । भौतिक संरचना निर्माण र विकास पूर्वाधार निर्माणमा सिमेन्टले मेरुदण्डको काम गर्दै आएको छ ।

 

सन् १९७४ मा पहिलो सिमेन्ट उद्योगको रुपमा हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो । दैनिक एक सय ६० मेट्रिक टन उत्पादन क्षमताको प्लान्ट जडान गरिएको थियो । पछि चीनियाँ सहयोगमा थप दैनिक दुई सय मेट्रिक टन उत्पादन क्षमताको अर्को प्लान्ट जडान गरिएपछि हिमाल सिमेन्टको दैनिक उत्पादन क्षमता तीन सय ६० मेट्रिक टन थियो ।

 

यस सिमेन्ट उद्योगमा काम गरेकाहरु आज आफैं सिमेन्ट उद्योग खोल्न सक्ने गरी जनशक्ति समेत उत्पादन गर्न सफल हिमाल सिमेन्ट उद्योगको स्थापना र सञ्चालनलाई नेपालको सिमेन्ट उद्योगमा कोसेढुङ्गा मान्न सकिन्छ । पछि हेटौंडा सिमेन्ट उद्योग प्रतिदिन सात सय ५० मेट्रिक टन र उदयपुर सिमेन्ट उद्योगको प्रतिदिन आठ सय मेट्रिक टन उत्पादन क्षमताका सिमेन्ट उद्योग स्थापना भएको थियो । यसले नेपालको तत्कालीन बजारको ६५ प्रतिशत हिस्सा ओगट्न सफल भएको थियो । वातावरण प्रदूषित गरेको भन्दै चोभारमा रहेको हिमाल सिमेन्ट कारखाना बन्द गरियो ।


सिमेन्टमा निजी क्षेत्रको प्रवेशपछि नेपाली समेन्ट उद्योगले धेरै ठूलो फड्को मार्न सफल भइसकेको छ । दश वर्षअघिसम्म ९० प्रतिशतभन्दा माथि रहेको सिमेन्ट आयात अहिले घटेर २० देखि २५ प्रतिशतमा सीमित बन्न पुगेको थियो । तर आत्मनिर्भर भनिएको सिमेन्ट उद्योगमा अहिले पनि अर्वोको आयात गर्नु पर्ने अवस्था छ । नेपालमा सिमेन्ट उद्योग स्थापनासँगै भारतीय सिमेन्ट आयात प्रतिस्थापन हुँदै नगएको हैन तर अझै आयात घट्न सकेको छैन ।

 

हाल नेपालमा सिमेन्ट उद्योगहरु थपिने क्रम बढ्दो छ । सिमेन्ट कै लागि विदेशी लगानी समेत आउने गरेको छ तर अझै उत्पादन बढाउन सकिएको छैन ।  नेपालमा कुल सिमेन्ट उत्पादन क्षमता वार्षिक दश करोड बोराभन्दा बढी रहेको छ । विश्व बजारमा नेपालमा उत्पादित सिमेन्टको बजारको प्रचुर सम्भावना छ ।

उच्चस्तरीय चुनढुङ्गाबाट निर्माण गरिएको सिमेन्टले विश्व बजारमा निकै राम्रो बजार पाउन सक्ने सम्भावना देखिन्छ । त्यसको लागि सरकारले पूर्वाधार विकास, लगानीको वातावरण, शान्ति सुरक्षा तथा निकासीको लागि उचित वातावरण तयार गर्न सकेमा चाँडै प्रतिफल हात पार्न सक्ने सम्भावना देखिन्छ । र नेपाल सिमेन्ट उद्योगमा आत्मनिर्भर हुदै निर्यात गर्न सक्ने देश बन्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हत्याको विरोधमा बन्द
हत्याको विरोधमा बन्द
लामो समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरुको ‘कमब्याक’
लामो समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरुको ‘कमब्याक’
जनयुद्धको बेला यतिसम्म गरेका रहेछन्  गृहमन्त्री रामबहादुर थापाले, यसरि पाेल खाेले विप्लवले !
जनयुद्धको बेला यतिसम्म गरेका रहेछन् गृहमन्त्री रामबहादुर थापाले, यसरि पाेल खाेले विप्लवले !
राष्ट्रपतिमा विद्या भण्डारीलाई राजपाले पनि भोट दिने
राष्ट्रपतिमा विद्या भण्डारीलाई राजपाले पनि भोट दिने
क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब पाउने
क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब पाउने
जीर्ण कारागारका कारण कैदीबन्दीमा समस्यामा
जीर्ण कारागारका कारण कैदीबन्दीमा समस्यामा
‘ठेकि मदानि’का गाएकले लगाए मेलिना राईलाइ ‘कर्के नजर’!
‘ठेकि मदानि’का गाएकले लगाए मेलिना राईलाइ ‘कर्के नजर’!
नेपालको तेस्रो सिकार थाइल्याण्ड !
नेपालको तेस्रो सिकार थाइल्याण्ड !
ड्युटीमा रहेकी प्रहरी सहायक निरीक्षकमाथि कसले गर्यो आक्रमण ?
ड्युटीमा रहेकी प्रहरी सहायक निरीक्षकमाथि कसले गर्यो आक्रमण ?
प्राकृतिक विपत्ति : प्रधानमन्त्री ओलीले भने, ‘राहत, उद्दारमा कमी आउन नदिनु’ उद्दारमा हेलिकप्टर
प्राकृतिक विपत्ति : प्रधानमन्त्री ओलीले भने, ‘राहत, उद्दारमा कमी आउन नदिनु’ उद्दारमा हेलिकप्टर