महान्यायाधीवक्तामा वसन्तराम भण्डारी सिफारिस
सारांश
- काठमाडौं ।
- वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी सरकारको महान्यायाधीवक्तमा सिफारिस भएका छन् ।
- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राज्यको महान्यायाधीवक्तामा अधिवक्ता भण्डारीलाई नियुक्त गरेका हुन् ।
काठमाडौं । वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी सरकारको महान्यायाधीवक्तमा सिफारिस भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राज्यको महान्यायाधीवक्तामा अधिवक्ता भण्डारीलाई नियुक्त गरेका हुन् । भण्डारीको नियुक्तिका लागि राष्ट्रपति समक्ष पठाइएको स्रोतले जनाएको छ ।
भण्डारीले झन्डै ४० वर्ष कानुन व्यवसायिका रुपमा न्यायसेवा गर्नु भएको छ । उनलाई राष्ट्रपतिबाट नियुक्तिको तयारी भइरहेको छ । रमणकुमार श्रेष्ठले महान्यायाधीवक्ता पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
प्रधानमन्त्रीले राजीनामा दिएपछि महान्यायाधीवक्ताले समेत राजीनामा दिने प्रचलन भए पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा नियुक्त भएका श्रेष्ठले भने एक साताअघि मात्र राजीनामा दिएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया