बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३१, २०७६
|
|
१७ पटक हेरिएको
Shares
बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने

सारांश

  • काठमाडौं।
  • मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि बढिरहेको मौसमविद् विभूति पौखरेले बताए।

काठमाडौं। मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि बढिरहेको मौसमविद् विभूति पौखरेले बताए। मनसुनको न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तर राजस्थान, हरियाण, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण विहार, झारखण्ड र पश्चिम बङ्गालको खाडीलाई बुझनुपर्ने हुन्छ।

आज देशभर आंशिकदेखि पूर्णबदली रही मध्य र पूर्वी भू–भागका धेरैजसो स्थानमा तथा पश्चिमका केही स्थानमा मेघगर्जनरचट्ट्याङसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम र मध्य भू–भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ।

“आज र भोलि देशभरि नै बदली भई वर्षा हुनेछ। बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने छ”, मौसमविद् पौखरेलले भने। हाल पूर्वी तराई, मध्य र पश्चिमका केही स्थानमा सामान्य बदली भई मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको साथै बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका मध्य र पश्चिमका धेरैजसो स्थानमा तथा पूर्वका केही स्थानमा मेघगर्जन÷चट्ट्याङसहितको वर्षा हुने साथै मध्य तथा पश्चिमी भू–भागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले पहिरो जान सक्ने नदीमा पानीको बहाव बढ्न सक्ने तथा सडक र हवाई यातायातमा अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन आग्रह गरेको छ।

राति देशभरि सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानमा तथा पूर्वका केही स्थानमा मेघगर्जनरचट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि देशभरि सामान्य बदली रही देशको मध्य तथा पश्चिमीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ।

बिहीबार देशभरि सामान्यदेखि आंशिक बदली रही केही स्थानमा मेघगर्जन÷ चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १०।० मिलिमिटर वर्षा भएको छ। त्यस्तै पोखरामा ७६।० मिलिमिटर, दाङमा १५।० मिलिमिटर, सिमरामा ५।० मिलिमिटर, नेपालगञ्जमा ३७।० मिलिमिटर र विराटनगरमा १५।० मिलिमिटर वर्षा भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउन २१ गते मंगलबारको राशिफल यस्तो छ
प्रधानमन्त्री भेटेपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित
प्रधानमन्त्री भेटेपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित
शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी गराउन लिङ्देलकाे माग
शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी गराउन लिङ्देलकाे माग
कमेडियन कपिल शर्माकाे विहे तय , यी हुन दुलहि
विश्वकप फुटबल २०१८: सट्टेबाजको धन्दा साँझ ५ बजेबाट शुरु हुन्छ बिहान ८ बजेसम्म हिसाब किताब क्लियर हुन्छ
विश्वकप फुटबल २०१८: सट्टेबाजको धन्दा साँझ ५ बजेबाट शुरु हुन्छ बिहान ८ बजेसम्म हिसाब किताब क्लियर हुन्छ
नेपालमा वर्षेनी पाँच हजार व्यक्तिद्वारा आत्महत्या
नेपालमा वर्षेनी पाँच हजार व्यक्तिद्वारा आत्महत्या
५ वर्षमा गुल्मीलाई नमूना जिल्ला बनाउँछुः चन्द्र भण्डारी
५ वर्षमा गुल्मीलाई नमूना जिल्ला बनाउँछुः चन्द्र भण्डारी
नक्कली मदिरा उत्पादन र बिक्री गर्ने सार्वजनिक
नक्कली मदिरा उत्पादन र बिक्री गर्ने सार्वजनिक
सम्मानपूर्वक बाँच्ने हकको सुनिश्चितता गर्न आयोगको आग्रह
सम्मानपूर्वक बाँच्ने हकको सुनिश्चितता गर्न आयोगको आग्रह
लेखक र भट्टको रोचक प्रतिस्पर्धाले समर्थकको ढुकढुकीमा गडबडी
लेखक र भट्टको रोचक प्रतिस्पर्धाले समर्थकको ढुकढुकीमा गडबडी

तपाईंले छुटाउनुभयो कि?