मन्त्रीको जिम्मेवारी परिवर्तन, गृहमा बस्नेत र परराष्ट्रमा कार्की

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ७, २०७४
|
|
३१ पटक हेरिएको
Shares
मन्त्रीको जिम्मेवारी परिवर्तन, गृहमा बस्नेत र परराष्ट्रमा कार्की

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्मा दुई मन्त्रीहरुको जिम्मेवारी परिवर्तन गरेका छन्।
  • मंगलवार प्रधानमन्त्री देउवाले आफु मातहतमा रहेको गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलको जिम्मा काँग्रेसका मन्त्रीहरुलाई दिएका छन् ।

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्मा दुई मन्त्रीहरुको जिम्मेवारी परिवर्तन गरेका छन्। मंगलवार प्रधानमन्त्री देउवाले आफु मातहतमा रहेको गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलको जिम्मा काँग्रेसका मन्त्रीहरुलाई दिएका छन् ।

माओवादी केन्द्रका मन्त्रीलाई बिनाविभागीय बनाएसँगै प्रधानमन्त्री देउवाले सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई गृह मन्त्रालय र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी सुम्पिएका हुन् ।

पछिल्लो पटक राप्रपालाई सरकारमा सहभागी गराएपछि असोज ३१ मा प्रधानमन्त्री देउवाले कमल थापालाई उपप्रधानसहित ऊर्जा, जयन्त चन्दलाई आपूर्ति, दीलनाथ गिरीलाई सहरी विकास र विक्रम थापालाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो ।

तर, विनाविभागीय बनेका माओवादी केन्द्रका मन्त्रीहरुले भने विना विभागीय भएपनि सरकारबाट भने बाहिरिएका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?