वर्षापछि धनगढी जलमग्न

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ८, २०८०
|
|
३३ पटक हेरिएको
Shares
वर्षापछि धनगढी जलमग्न

सारांश

  • सुदूरपश्चिम ।
  • आज बिहानको अविरल वर्षासँगै धनगढीस्थित सेती प्रादेशिक अस्पतालभित्र पानी पसेपछि बिरामीको उपचार व्यवस्थापनमा कठिनाइ भएको छ ।
  • अस्पतालको पुरानो भवनमा झन्डै एक फिटसम्म पानी जमेपछि उपचार व्यवस्थापनमा कठिनाइ भएको हो ।

सुदूरपश्चिम । आज बिहानको अविरल वर्षासँगै धनगढीस्थित सेती प्रादेशिक अस्पतालभित्र पानी पसेपछि बिरामीको उपचार व्यवस्थापनमा कठिनाइ भएको छ ।

अस्पतालको पुरानो भवनमा झन्डै एक फिटसम्म पानी जमेपछि उपचार व्यवस्थापनमा कठिनाइ भएको हो । जमेको पानीले बिरामी कुरुवा र स्वास्थ्यकर्मीलाई आवागमनमा समस्या भएको छ ।

वर्षासँगै धनगढी उपमहानगरपालिका क्षेत्रका अधिकांश बस्ती जलमग्न भएका छन् । बजारका मुख्य सडकमा दुई÷तीन फिटसम्म पानी जमेपछि आवागमन असहज बनेको छ । अधिकांश सरकारी कार्यालय परिसर जलमग्न बनेका छन् । उपमहानगरपालिका कार्यालयले स्काभेटरमार्फत जमेको पानी निकासको प्रयास थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?