बीएन र बीएससी नर्सिङ कार्यक्रम बन्द

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
बीएन र बीएससी नर्सिङ कार्यक्रम बन्द

सारांश

  • चितवन, २० जेठ ।
  • पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन लिएर सञ्चालन गरिएको  चितवनको भरतपुरस्थित ओएसिस् मेडिकल कलेजको बीएन र बीएससी नर्सिङ कार्यक्रम बन्द भएको छ ।
  • कलेजले नेपाल नर्सिङ परिषदसँग सम्वन्धन नलिई बीएन र बीएससी नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

चितवन, २० जेठ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन लिएर सञ्चालन गरिएको  चितवनको भरतपुरस्थित ओएसिस् मेडिकल कलेजको बीएन र बीएससी नर्सिङ कार्यक्रम बन्द भएको छ ।

कलेजले नेपाल नर्सिङ परिषदसँग सम्वन्धन नलिई बीएन र बीएससी नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

ओएसिस बन्द भएपछि तीन वर्षे बीएन र चार वर्षे बीएससी नर्सिङ कार्यक्रममा पढिरहेका ९९ जना विद्यार्थीलाई एनपीआई र श्रीमेडिकल कलेजमा बाँकी कार्यक्रम पढाउने गरी स्थानान्तरण गरिएकोविश्वविद्यालयका डिन डा. सिद्धार्थ कोइरालाले बताएका छन ।

एनपीआईमा बीएनका १३ जना र बीएससी नर्सिङका ३४ जना तथा श्रीमेडिकल कलेजमा बीएनका १८ र बीएससी नर्सिङका ३४ जना विद्यार्थीहरुले पढ्ने छन् ।एनपीआई नर्सिङ कलेजका प्रशासकीय अधिकृत हरिस अधिकारीका अनुसार  कलेजमा बीएन पढ्ने पहिलो वर्षका १०, दोस्रो र तेस्रो वर्षका ९/९ तथा चौथौ वर्षका ५ जना विद्यार्थी ओएसिसबाट आएका छन् । यस्तै बीएनमा दोस्रो वर्षका ४ र तेस्रो वर्षका ५ जना विद्यार्थी आएका छन् ।

ओएसिस मेडिकल कलेजले मापदण्ड पूरा नगरेको भन्दै नेपाल नर्सिङ परिषदले सम्वन्धन रोकेको थियो । परिषदले सम्वन्धन रोकेपनि गत वर्ष पूर्वाञ्चल विश्वविद्यालयले विद्यार्थी भर्नाका लागि भन्दै सूचना निकालेको थियो ।

सोही आधारमा ओएसिस मेडिकल कलेजले विद्यार्थी भर्ना गरेको हो । तर, सम्वन्धन स्वीकृति नलिएको कलेजबाट बीएससी नर्सिङ पास गरेका दुई विद्यार्थीलाई परिषदले लाइसेन्स प्रमाणपत्र दिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?