३३ किलो सुन काण्डका मुख्य अभियुक्त गोरेलाई प्रहरीले किन भेटाएन!

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
१३ पटक हेरिएको
Shares
३३ किलो सुन काण्डका मुख्य अभियुक्त गोरेलाई प्रहरीले किन भेटाएन!

सारांश

  • ७ माघमा त्रिभुवन विमानस्थलबाट काठमाडौं भित्र्याएर गायब भएको भनिएको साढे ३३ किलो सुन तस्करीका २८ अभियुक्तलाई बुधबार जिल्ला अदालत मोरङमा पेस गरिँदै छ ।
  • विभिन्न मितिमा पक्राउ परेका उनीहरूको मुद्दा आजबाट पूर्ण रूपमा अदालत प्रवेश गर्ने भए पनि मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई भने प्रहरीले अहिलेसम्म पत्तो लगाउन सकेको छैन ।
  • गायब भएको सुनबारे पनि प्रहरी बेखबर छ ।

७ माघमा त्रिभुवन विमानस्थलबाट काठमाडौं भित्र्याएर गायब भएको भनिएको साढे ३३ किलो सुन तस्करीका २८ अभियुक्तलाई बुधबार जिल्ला अदालत मोरङमा पेस गरिँदै छ । विभिन्न मितिमा पक्राउ परेका उनीहरूको मुद्दा आजबाट पूर्ण रूपमा अदालत प्रवेश गर्ने भए पनि मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई भने प्रहरीले अहिलेसम्म पत्तो लगाउन सकेको छैन । गायब भएको सुनबारे पनि प्रहरी बेखबर छ ।

सुन तस्करी प्रकरण छानबिन गर्न गृह मन्त्रालयबाट गठित सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिको म्यादसमेत आजबाटै सकिँदै छ । उक्त छानबिन समिति एक महिनाका लागि भन्दै २० चैतमा गठन गरिएको थियो । गृह प्रवक्ता रामकृष्ण सुवेदीले महिना दिनको अनुसन्धानपछि समितिले अध्ययन प्रतिवेदन तयार पारेको बताए । समितिकै छानबिनका आधारमा २८ जना पक्राउ परेका हुन् । तर, एकमहिने छानबिनले तस्करीको मुहान भने पहिल्याउन सकेन ।

पक्राउ परेकाविरुद्ध संगठित र ज्यान मुद्दा लगाइएको छ । सुन तस्करीसँगै भरिया सनम शाक्यको हत्यामा संलग्नता ठहर गर्दै उनीहरूविरुद्ध ज्यान मुद्दा लगाइएको हो ।

तर, छानबिन समितिले केही एयरलाइन्समा कार्यरत तल्लो तहका केही कर्मचारी तथा प्रहरीलाई मात्रै निसाना बनाएर कमजोर अनुसन्धान गरेको नेपाल प्रहरीका पूर्वएआइजी तथा विमानस्थल सुरक्षा गार्डका पूर्वप्रमुख विज्ञानराज शर्मा बताउँछन् ।

विमानस्थलबाट यसरी हुन्छ सुन तस्कारी : पूर्वएआइजी विज्ञानराज शर्मा

तस्करले पहिलो चरणमा भन्सार कार्यालयका कर्मचारीसँग सेटिङ मिलाएपछि एयरलाइन्सका कर्मचारीसँग मिलेमतो गर्छन् । तेस्रो लेयरमा उनीहरूको सेटिङ प्रहरीसँग हुन्छ, सँगसँगै अध्यागमनका कर्मचारी र गुप्तचरसँग पनि हुन्छ । विमानस्थलमा खटिएका गुप्तचरसँग भने तस्कर प्रत्यक्ष रूपमा देखिँदैनन् ।

भन्सार र अध्यागमनका कर्मचारीमार्फत सेटिङ मिलाउँछन् । विमानस्थलमा सेटिङअनुसार मान्छे तयार भएपछि मात्रै तस्करले जहाजमार्फत सामान पठाउँछ । प्याक गरिएको लगेजको फोटो पनि खिचेर भाइबर, इमो वा फेसबुकमार्फत् भन्सार र एयरलाइन्सका कर्मचारीलाई पठाउँछ । एयरलाइन्सका कर्मचारीमार्फत् उक्त फोटो सम्बन्धित जहाजको लोडरसम्म पुग्छ । सोही फोटोका आधारमा तस्करीको सामग्री पहिचान हुन्छ । लोडरले अन्य सामानसँगै यो लगेज पनि गाडीमा लोड गर्छ र भन्सार चेकजाँच कक्षमा लैजान्छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє☔ ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Rai Man

    Niyatbas nabhetiea pachhi kaslle ke garne?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?