धेरै रेमिट्यान्स भित्र्याउनेमा नेपाल दक्षिण एशियाको चौथो मुलुक

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २४, २०७५
|
|
३८ पटक हेरिएको
Shares
धेरै रेमिट्यान्स भित्र्याउनेमा नेपाल दक्षिण एशियाको चौथो मुलुक

सारांश

  • काठमाडौं, २४ मंसिर।
  • धेरै रेमिट्यान्स भित्र्याउनेमा नेपाल दक्षिण एसियाकै चौथो मुलुकमा परेको छ।
  • विश्व बैंकले सार्वजनिक गरेको माइग्रेशन एण्ड डेभलपमेन्ट ब्रीफ ३० प्रतिवेदन २०१८ अनुसार नेपाल धेरै रेमिट्यान्स प्राप्त गर्ने मुलुकको चौथो नम्बरमा पर्न सफल भएको हो।

काठमाडौं, २४ मंसिर। धेरै रेमिट्यान्स भित्र्याउनेमा नेपाल दक्षिण एसियाकै चौथो मुलुकमा परेको छ। विश्व बैंकले सार्वजनिक गरेको माइग्रेशन एण्ड डेभलपमेन्ट ब्रीफ ३० प्रतिवेदन २०१८ अनुसार नेपाल धेरै रेमिट्यान्स प्राप्त गर्ने मुलुकको चौथो नम्बरमा पर्न सफल भएको हो।

धेरै रेमिट्यान्स भित्र्याउने मूलुकमा ७९ अर्ब ५ करोड अमेरिकी डलरसहित भारत पहिलो मुलुक भएको छ। दोस्रो र तेस्रो स्थानमा क्रमश पाकिस्तान र बंगलादेश परेका छन्। सन् २०१८ मा पाकिस्तानले २० अर्ब ९ करोड अमेरिकी डलर र बंगलादेशले १५ अर्ब ९ करोड अमेरिकी डलर रेमिट्यान्स भित्र्याएको प्रतिवेदनमा उल्लेख छ। चौथो स्थानमा नेपाल छ भने नेपालपछि श्रीलंका रहेको छ। श्रीलंकाले ७ अर्ब ६ करोड अमेरिकी डलर भित्र्याएको प्रतिवेदनमा उल्लेख छ।

न्युन आय भएका नेपाल जस्ता मुलुकमा रेमिट्यान्स बढ्दै जानु भनेको आर्थिक उन्नती तर्फ अग्रसर हुनु रहेको नेपाल राष्ट्र बैकंका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले बताए। निर्देशक भण्डारीले नेपालमा अघिल्लो वर्षको तुलनामा यस वर्ष रेमिट्यान्स उत्साहजनक बढेको बताए। क्षेत्रगत हिसाबले मध्य एसिया र युरोपमा रेमिट्यान्स २० प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ भने दक्षिण एशियामा १४ प्रतिशतले बढेको उल्लेख छ। रेमिट्यान्समै धेरै निर्भर रहने देशमा भने नेपाल नै दक्षिण एशियाको पहिलो मुलुकमा परेको प्रतिवेदनमा उल्लेख छ। नेपालको जीडिपीको अनुपातमा ३०.१ प्रतिशत रेमिट्यान्सले ओगट्ने उल्लेख छ। यो सूचीमा नेपाल विश्वमै ४ नम्बरमा परेको उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ