बेत्रावतीमा २५ हजारले श्राद्ध गरे

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
बेत्रावतीमा २५ हजारले श्राद्ध गरे

सारांश

  • रसुवा, पुस ३ –रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा सोमबार २५ हजारले श्राद्ध गरेका छन् ।
  • हरेक वर्ष झैँ यो पटक पनि पुषे औँशीमा दिवंगत व्यक्तिको नाममा बेत्रावतीमा पितृ तर्पण गरेका हुन् ।
  • गएको वर्ष पुसे औँशीमा २० हजारले श्राद्ध गरेका थिए ।

रसुवा, पुस ३ –रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा सोमबार २५ हजारले श्राद्ध गरेका छन् ।

हरेक वर्ष झैँ यो पटक पनि पुषे औँशीमा दिवंगत व्यक्तिको नाममा बेत्रावतीमा पितृ तर्पण गरेका हुन् ।

गएको वर्ष पुसे औँशीमा २० हजारले श्राद्ध गरेका थिए । त्रिशूली, सलाखु र फलाखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा जौको पिण्ड दिएर बिहानैदेखि श्राद्ध गर्न जाने र फर्कने कार्य भैरहेको स्थानीय बासिन्दा गणेश श्रेष्ठले बताउनुभयो ।

उत्तरगया क्षेत्र विकास समितिका अनुसार यसपटक नुवाकोट र रसुवाका अतिरिक्त चितवन, धादिङ, काठमाडौं, मकवानपुर, विरगंजदेखि देशका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतसम्मका भक्तजनहरु पितृ श्राद्धका लागि वेत्रावती आएका श्रेष्ठको भनाई रहेको छ ।

यो औँशीमा हिन्दु र बौद्ध धर्मालम्बीले उत्तरगयाधाम बेत्रावतीमा पुगेर श्राद्ध गर्ने गर्दछन् । औँशीमा पिण्ड तर्पण गर्नाले दिवंगत व्यक्तिको आत्माले मोक्ष पाउने जनविश्वास रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?