युक्रेनद्वारा रुसी नियन्त्रणमा रहेको आफ्नो भूभाग फिर्ता लिन सैन्य कारबाही तीव्र

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०८०
|
|
२५ पटक हेरिएको
Shares
युक्रेनद्वारा रुसी नियन्त्रणमा रहेको आफ्नो भूभाग फिर्ता लिन सैन्य कारबाही तीव्र

सारांश

  • युक्रेनले रुसी नियन्त्रणमा रहेको आफ्नो भूभाग फिर्ता लिन सैन्य कारबाही तीव्र बनाएको छ ।
  • युक्रेन पछिल्लो पटक रुस नियन्त्रित जापोरिजिया क्षेत्रका मुख्य सामरिक विन्दूमा पहुँच बढाउन सफल भएको छ ।
  • जापोरियाको रोबोटिन र नोमोप्रोकोपिभ्का क्षेत्रमा उपस्थिति बढाउन युक्रेन सफल भएको छ ।

युक्रेनले रुसी नियन्त्रणमा रहेको आफ्नो भूभाग फिर्ता लिन सैन्य कारबाही तीव्र बनाएको छ । युक्रेन पछिल्लो पटक रुस नियन्त्रित जापोरिजिया क्षेत्रका मुख्य सामरिक विन्दूमा पहुँच बढाउन सफल भएको छ ।

जापोरियाको रोबोटिन र नोमोप्रोकोपिभ्का क्षेत्रमा उपस्थिति बढाउन युक्रेन सफल भएको छ । सैन्य तैनाथी, हतियार बन्दोबस्ती र विपक्षी निसानाको ठेगान लगाउन युक्रेनी सेना सफल भएको युक्रेनी उच्च सैनिक अधिकारीको दावी छ ।

रुसी सैन्य आधारका रुपमा समेत रहेको दक्षिणी मोर्चा कमजोर बनाउन युक्रेन सफलउन्मुख रहेको पुष्टि गर्ने तथ्यहरु भेटिएको सीएनएनले जनाएको छ । तर रुसले भने युक्रेनी आक्रमणको सामना गरिरहेको दावी गरेको छ ।

पछिल्ला दिनहरुमा युक्रेनले विष्फोटक हतियार सहितका ड्रोनमार्फत रुसी सैन्य पकडलाई धोल्लो बनाउँदै लगेको दावी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?