जसपामा तेस्रो गुट सक्रिय

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १८, २०७८
|
|
२७ पटक हेरिएको
Shares
जसपामा तेस्रो गुट सक्रिय

सारांश

  • जनता समाजवादी पार्टीमा विभिन्न गुटहरु सक्रिय छन् ।
  • जसमध्ये अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवका अलावा संघीय परिषदका अध्यक्ष डा.
  • बाबुराम भट्टराई मुख्य हुन् ।

जनता समाजवादी पार्टीमा विभिन्न गुटहरु सक्रिय छन् । जसमध्ये अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवका अलावा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई मुख्य हुन् । जसपाको संसदीय दल र कार्यकारिणी कमिटीमा तीनैजना नेताहरुको प्रभाव बलियो छ ।

जसपाभित्र अहिले नयाँ गुट देखिएको छ । उक्त गुटमा मोहम्मद इस्तियाक राई र रेणु यादव मुख्य देखिएका छन् । अहिले यो गुटले उपेन्द्र यादवलाई साथ दिइरहेको छ ।

जसपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने या उनलाई नै समर्थन गर्ने समूहबीच संघर्ष चलिरहँदा तेस्रो गुट निर्णायक बनेको छ । तेस्रो गुटले जसलाई साथ दिन्छ उही जसपाभित्र मात्र नभई सत्ता राजनीतिमा पनि निर्णायक शक्ति बन्छ ।

अहिले ओलीविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा इस्तियाक राई देखिएका छन् । तर, उनले कुनैपनि बेला समर्थन यताउता गर्ने सम्भावना बलियो छ ।
जसपाका उमाशंकर अरगरिया, प्रदीप यादवलगायत यो गुटमा देखिएका छन् । यो गुटको साथ कुनैपनि बेला यताउता हुने सम्भावना बलियो छ । यथास्थितिमा इस्तियाक राईको गुट उपेन्द्र यादवको पक्षमा देखिएको छ । तर, तेस्रो गुट महन्थ र उपेन्द्र दुवैमाथि चुनौती बनेको छ ।

अहिले जसपामा अविश्वासको प्रस्तावको पक्षमा १८ जना सांसद देखिएका छन् । विपक्षमा १४ सांसद छन् ।

कुल ३४ जना जसपा सांसदमध्ये २ जना निलम्बिन छन् । मतदानका लागि योग्य ३२ सांसदमध्ये १८ जना अविश्वासको पक्षधर देखिएका हुन् ।

सांसदहरु को कता

उपेन्द्र-बाबुराम पक्षधर
उपेन्द्र यादव
बाबुराम भट्टराई
राजेन्द्रप्रसाद श्रेष्ठ
विमल प्रसाद श्रीवास्तव
महेन्द्र राय यादव
मोहम्मद इस्तियाक राइ
डा.सुरेन्द्रकुमार यादव
डा.सुर्यनारायण यादव
इकवाल मिया
लीला देवी सिटौला
प्रदीप यादव
प्रमोद साह
रामबाबु कुमार यादव
रेणु कुमारी यादव
रेनुका गुरुङ्ग
रुही नाझ
उमाशंकर अरगरिया
राम सहाय यादव

महन्थ ठाकुर पक्षधर
महन्थ ठाकुर
राजेन्द्र महतो
अनिलकुमार झा
अमृता अग्रहरी
चन्दा चौधरी
चन्द्रकान्त चौधरी
दुलारी देवी खंगा
कालु देवी विश्वकर्मा
लक्ष्मण लाल कर्ण
नरमाया ढकाल
निर्जला राउत
राजकिशोर यादव
रानी मण्डल
शरतसिंह भण्डारी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?