बैंकको ढिलासुस्तीले उखु किसानले समयमै पाएनन् भुक्तानी

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १४, २०७६
|
|
१७ पटक हेरिएको
Shares
बैंकको ढिलासुस्तीले उखु  किसानले समयमै पाएनन् भुक्तानी

सारांश

  • सर्लाही।
  • सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ।
  • उद्योगले चालू क्रसिङ ‘सिजन’को उखुको भुक्तानी दिन  शुरु गरेको हो।

सर्लाही।सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ। उद्योगले चालू क्रसिङ ‘सिजन’को उखुको भुक्तानी दिन  शुरु गरेको हो। गत पुस ११ गतेबाट सञ्चालन भएको उद्योगले हालसम्म रु ३५ करोड भुक्तानी गरिसकेको छ।
 
उद्योगले हरेक १५/१५ दिनको फरकमा किसानलाई भुक्तानी दिने गरेको छ। पहिलो चरणमा रु २३ करोड र दोस्रोमा रु ३५ करोड गरी कूल ५८ करोड भुक्तानी दिनुपर्नेमा हालसम्म कूल रु ३५ करोड मात्र भुक्तानी गरेको उखु प्रबन्धक योगनारायण रजकले बताए। उनका अनुसार नेपालमा रहेका अरु चिनी उद्योगको तुलनामा सबैभन्दा राम्रो भुक्तानी दिने एक मात्र उद्योग इन्दुशङ्कर चिनी उद्योग हो।

गत सिजनको नेपाल सरकारबाट पाउनुपर्ने अनुदानवातको रकम रु ६५.२८ का दरले हुनआउने रु २२ करोड ८३ लाख ७१ हजार ८६१.६ अहिलेसम्म पनि नपठाएका कारण इन्दुशङ्कर चिनी उद्योग लिमिटेड बदनाम भएको रकजको भनाइ छ। सरकारले दिने अनुदानवापतको रकम नदिएको भन्दै जिल्लाका धेरै किसानले उखुखेती गर्न छाडेको उद्योगले बताएको छ।

आफूहरुले किसानलाई समयमै चेक दिएको भए पनि बैंकले समयममै भुक्तानी नदिँदा किसान मारमा परेको रजकले बताए। एनआइसी एशिया बैंकले किसानलाई रकम निकासा दिन ढिलासुस्ती गर्दा उखु किसान मारमा परेको उनको भनाइ छ। आफूहरुले माथिल्लो निकायसम्म छलफल गरिरहेको एनआइसी एशिया बैंक हरिवनका शाखा प्रबन्धक सुमन सिंहले बताए। खाता नम्बर यकिन गरी काम गर्न २÷३ दिन लाग्ने भएका कारण ढिला भएको उनले बताए। छुट्टै काउन्टर बनाएर उखु किसानलाई सेवा दिने कामसमेत शुरु गरिएको उनले बताए।

कूल ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्यका साथ सञ्चालन शुरु गरेको उद्योगले ब्लक बनाएर उखु क्रसिङ गरिरहेकामा हालसम्म २३ लाख क्विन्टल उखु क्रसिङ गरी सकिएको रजकले बताए। अघिल्लो वर्षको बक्यौता नरहेका चिनी उद्योगले चालू सिजनमा किसानबाट खरिद गरेको उखुको भुक्तानी धमाधम दिन शुरु गरेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए। उद्योगले उखु किसानलाई भुक्तानी दिन शुरु गरे पनि सरकारबाट पाउने रकममा आलटाल भइरहेको मैनालीले बताए।

सर्लाहीमा तीन चिनी उद्योग रहेको भए पनि हाल दुई मात्र सञ्चालनमा छन्। इन्दु शङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा छन् भने किसानको भुक्तानी बाँकी राखेको अन्नपूर्ण चिनी उद्योग धनकौल अहिले बन्द छ। किसानलाई एकातिर उखुको भुक्तानी नपाउने चिन्ता रहिरहेको समयमा खेतमा रहेको उखु क्रसिङ गर्न कृषि मजदुर नपाउने समस्या त्यत्तिकै छ। जसका कारण उखु उत्पादक किसानले समयमै उखु काटेर चिनी उद्योगसम्म पुर्याउन नसक्दा उखु खेतमै सुक्न थालिसकेको छ । वर्षदिनभरि मेहनत गरेर उत्पादन गरेको बाली मुखमा आएर खेतमै सुक्ने अवस्थामा पुग्दा किसान थप मारमा परेका छन्। गाउँघरमा रहेका युवाशक्ति स्वदेशमा रोजगारीको सिर्जना नभएको भन्दै विदेश गएपछि अहिले गाउँमा युवा मजदुरको अभाव छ।  खेतबारीमा काम गर्ने कृषि मजदुरको अभावपछि अहिले आफ्नो परिवारमा रहेका सबै सदस्य नै खेतबारीमा खटिन बाध्य छन्। कतिपयका आफ्ना जवान छोरा पनि वैदेशिक रोजगारीका लागि विदेश जाँदा अहिले वृद्धवृद्धा मात्र घरमा रहेका र खेतबारीमा काम गर्न बाध्य भएका छन्।

गाउँमा कृषि मजदुरको अभाव भएपछि काम लगाउने ठेकेदारले आफ्नो मनोमानीमा ठेक्का लिने गरेका कारण आफूहरु थप मारमा परेको किसानको गुनासो छ। मजदुरको ज्यालामा आफुहरुको खर्च बढिरहेको किसानले बताएका छन्। सामान्य तरकारीदेखि उखुखेतीसम्म कृषि मजदुरको अभाव प्रत्यक्ष परेको किसानले बताएका छन्।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानसेनापति भने, ‘हामी मरेर भए पनि देशको स्वाधिनता बचाउँछौँ’
प्रधानसेनापति भने, ‘हामी मरेर भए पनि देशको स्वाधिनता बचाउँछौँ’
हेटौंडाकी मेयर लामाको सम्पत्ति :  १५ तोला सुन
हेटौंडाकी मेयर लामाको सम्पत्ति : १५ तोला सुन
नहुने भयो स्ववियु निर्वाचन : विद्यार्थी संगठनहरु आरोप प्रत्यारोपमा, त्रिवी मौन
नहुने भयो स्ववियु निर्वाचन : विद्यार्थी संगठनहरु आरोप प्रत्यारोपमा, त्रिवी मौन
रकम ठगी गरेको आरोपमा दुई वैदेशिक रोजगार व्यवसायी पक्राउ
रकम ठगी गरेको आरोपमा दुई वैदेशिक रोजगार व्यवसायी पक्राउ
रेडपाण्डा तस्करको पहिलो रोजाइ
रेडपाण्डा तस्करको पहिलो रोजाइ
समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर : उपप्रधानमन्त्री श्रेष्ठ
समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर : उपप्रधानमन्त्री श्रेष्ठ
इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७०० भन्दा बढी, गाजामा ४१३ जनाको निधन
इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७०० भन्दा बढी, गाजामा ४१३ जनाको निधन
उपेन्द्र यादवले मतदान गरे, गच्छदारले पनि गर्दै
उपेन्द्र यादवले मतदान गरे, गच्छदारले पनि गर्दै
राष्ट्रिय स्वतन्त्र पाटीको उपत्याका भेला कार्यक्रम भोली खुलामञ्चमा
राष्ट्रिय स्वतन्त्र पाटीको उपत्याका भेला कार्यक्रम भोली खुलामञ्चमा
प्रधानमन्त्री ओलीमाथि ‘राष्ट्रिय हितविरुद्ध गतिविधि गरी देशलाई बन्धकी राखेको’ प्रचण्डको आरोप
प्रधानमन्त्री ओलीमाथि ‘राष्ट्रिय हितविरुद्ध गतिविधि गरी देशलाई बन्धकी राखेको’ प्रचण्डको आरोप

तपाईंले छुटाउनुभयो कि?