राष्ट्रपतिका लागि महँगो गाडीको प्रस्ताव आएको छैनः प्रधानमन्त्री
सारांश
- काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिबाट १६ करोड रुपैयाँको गाडी खरिदको प्रस्ताव नआएको बताएका छन्।
- संसदमा सोमबार विनियोजन विधेयकमाथि भएको छलफलमा सांसदहरुले गाडी खरिदको विषय उठाएका थिए।
- त्यसको जवाफ दिँदै प्रधानमन्त्री देउवाले महँगो गाडी खरिद गर्ने प्रस्ताव नआएको दाबी गरेका हुन्।
काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिबाट १६ करोड रुपैयाँको गाडी खरिदको प्रस्ताव नआएको बताएका छन्। संसदमा सोमबार विनियोजन विधेयकमाथि भएको छलफलमा सांसदहरुले गाडी खरिदको विषय उठाएका थिए। त्यसको जवाफ दिँदै प्रधानमन्त्री देउवाले महँगो गाडी खरिद गर्ने प्रस्ताव नआएको दाबी गरेका हुन्।
नेमकिपाका सांसद प्रेम सुवालले राष्ट्रपतिका लागि महँगो गाडी किन्न लागेको विषय उठाएका थिए। जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने, ‘महङ्गो गाडीको प्रस्ताव आएको छैन। राष्ट्रपतिलाई गाडिको आवश्यकता हुन्छ। राष्ट्रपति हाइएस्ट पोजिसनको पद हो।’
राष्ट्रपतिका लागि सुरक्षा व्यवस्था गर्नुपर्ने हुँदा महँगो गाडी किन्नुपर्ने हुनसक्ने उनले बताए।
‘उनका लागि सुरक्षा व्यवस्था गर्नुपर्ने र त्यस्तै किसिमको गाडि किन्नुपर्ने अवस्था आउन सक्दछ। तर त्यो चाहिँ उहाँको सुरक्षा व्यवस्था र राष्ट्रपतिले चढ्ने गाडी राम्रो र सुरक्षित होस् भन्ने चाहाना राख्नु स्वभाविक कुरा हो जस्तो लाग्छ।’
प्रतिक्रिया