शुक्रवार ३५१७ कोरोना संक्रमित थपिए
सारांश
- नेपालमा शुक्रवार कोरोना भाइरसका ३५ सय १७ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- त्यस्तै शुक्रवार ४ हजार ९६ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा शुक्रवार कोरोना भाइरसका ३५ सय १७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै शुक्रवार ४ हजार ९६ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ लाख २८ हजार ९ सय ५८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया