भत्किएको कांग्रेस गढका एक्ला विजेता ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
२५ पटक हेरिएको
Shares
भत्किएको कांग्रेस गढका एक्ला विजेता ?

सारांश

  • संविधानसभा चुनाव २०७० मा जिल्लाका पाँचै क्षेत्रमा विजयी भएको कांग्रेस यसपटक एउटा प्रदेशसभामै खुम्चिएको छ ।
  • जिल्लाका प्रतिनिधि र प्रदेशसभा गरी ९ क्षेत्रमध्ये ८ मा वाम गठबन्धनले विजय हासिल गरेको छ ।
  • ३ प्रतिनिधिसभा र ६ प्रदेशसभामध्ये कांग्रेसले प्रदेशसभामा एक सिट मात्र जितेको छ ।

संविधानसभा चुनाव २०७० मा जिल्लाका पाँचै क्षेत्रमा विजयी भएको कांग्रेस यसपटक एउटा प्रदेशसभामै खुम्चिएको छ ।

जिल्लाका प्रतिनिधि र प्रदेशसभा गरी ९ क्षेत्रमध्ये ८ मा वाम गठबन्धनले विजय हासिल गरेको छ । ३ प्रतिनिधिसभा र ६ प्रदेशसभामध्ये कांग्रेसले प्रदेशसभामा एक सिट मात्र जितेको छ ।

दाङ १ को प्रतिनिधिसभातर्फ एमालेका मेटमणि चौधरी, २ मा माओवादी केन्द्रका कृष्णबहादुर महरा र ३ मा एमालेका हीराचन्द्र केसी विजयी भएका छन् ।

प्रदेशसभातर्फ १ को (क) मा माओवादी केन्द्रका इन्द्रजित थारू, (ख) मा एमालेका रेवतीरमण शर्मा, २ को (क) मा एमालेका शंकर पोखरेल, (ख) मा एमालेकै अमरबहादुर डाँगी र ३ को (ख) मा एमालेका उत्तरकुमार ओली विजयी भएका छन् । क्षेत्र ३ को (क) मा भने कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी भएका छन् ।यो खबर आजको कान्तिपुरमा छ ।

एक्ला विजेता

जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा हार व्यहोरेको कांग्रेसले प्रदेशमा एक सिट भने जित हात पार्‍यो । निर्वाचन क्षेत्र ३ को प्रदेश (क) बाट डिल्लीबहादुर चौधरी विजयी भए । चौधरी २ हजार ३ सय ३६ मतान्तरले विजयी भए ।

उनले १७ हजार ३६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जगप्रसाद शर्माले १४ हजार ७ सय मत प्राप्त गरे । हाल श्रम तथा रोजगार राज्यमन्त्री रहेका चौधरी जिल्लाभर वाम गठबन्धनले जित्दा एक्लै खाता खोल्न सफल भएका हुन् ।

जिल्लामा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वसिँचाइमन्त्री दीपक गिरीका साथै पूर्वसांसद राजु खनाल, सुशीला चौधरी र बुद्धिराम भण्डारीसमेत पराजित भए ।

लामो समय सामाजिक संस्थामा क्रियाशील चौधरी राजनीतिमा आएर २०७० मा पहिलोपटक समानुपातिक सभासद भएका थिए । अहिले प्रत्यक्ष निर्वाचनमा सहभागी भई विजयी भए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?