विश्व कप क्रिकेटः पाकिस्तान विश्व कपको दौडमा कहिलेसम्म ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १८, २०७६
|
|
३४ पटक हेरिएको
Shares
विश्व कप क्रिकेटः पाकिस्तान विश्व कपको दौडमा कहिलेसम्म ?

सारांश

  • बिबिसीबाट l विशवकप क्रिकेट २०१९ मा बंगलादेशलाई २८ रनले हराएर भारत सेमीफाइनलमा प्रवेश गर्ने दोस्रो टीम बनेको छ।
  • उता बंगलादेश टुर्नामेन्टबाट बाहिरिने तेस्रो एशियाली मुलुक बनेको छ।
  • यसअघि श्रीलंका र अफगानीस्तान टुर्नामेन्टबाट बाहिरिसकेका छन्।

बिबिसीबाट l विशवकप क्रिकेट २०१९ मा बंगलादेशलाई २८ रनले हराएर भारत सेमीफाइनलमा प्रवेश गर्ने दोस्रो टीम बनेको छ। उता बंगलादेश टुर्नामेन्टबाट बाहिरिने तेस्रो एशियाली मुलुक बनेको छ। यसअघि श्रीलंका र अफगानीस्तान टुर्नामेन्टबाट बाहिरिसकेका छन्। बुधबार आज यो टुर्नामेन्टको सेमीफाइनलमा पुग्ने तेस्रो टीम पनि तय हुनेछ।

आज न्युजिल्याण्ड र इंग्ल्याण्डबीच प्रतिश्पर्धा हुँदैछ। आज जसले जितेपनि उक्त टीमको अन्तिम चारमा स्थान सुरक्षित हुनेछ। तर सेमीफाइनलको चौथो टीम को बन्छ यसको फैसला बिहीबार पाकिस्तान र बंगलादेशबीच हुने प्रतिश्पर्धाले तय गर्नेछ। बंगलादेश टुर्नामेन्टबाट बाहिरी सकेको छ। तर, पाकिस्तानसँग एक मौका बाँकी छ।

तर पाकिस्तान नकआउट चरणमा पुग्न बुधबार आज न्युजिल्याण्ड–इंग्ल्याण्डबीचको खेलमा निर्भर हुनेछ। यो खेल न्युजिल्याण्ड र इंग्ल्याण्डकालागि पनि उत्तिकै महत्वपूर्ण छ किनभने जुन टीमले यो खेल हार्छ, उसको भाग्यको फैसला पाकिस्तानको खेलमा निर्भर हुनेछ। अहिलो स्थिति ः न्युजिल्याण्डले जिते के हुन्छ?

यो खेलभन्दा पहिला अंक तालिकामा न्युजिल्याण्ड ११ र इंग्ल्याण्ड १० अंकसहित तेस्रो र चौथो स्थानमा छन्। अर्थात यो खेल जित्ने टीम सेमीफाइनलको तेस्रो टीम बन्ने पक्का छ। तर पाकिस्तानलाई भने खेल न्युजिल्याण्डले जित्दा फाइदा हुन्छ। किनभने न्युजिल्याण्डले जित्यो भने इंग्ल्याण्डको खातमा मात्र दश अंक मात्र रहन्छ।

र, बंगलादेशलाई जितेर सेमीफाइनलको चौथो टीम बन्नु पाकिस्तानकालागि सजिलो हुनेछ। बंगलादेशलाई जित्न सक्यो भने पाकिस्तानको ११ अंक हुनेछ। दोस्रो स्थिति ः इंग्ल्याण्डले जितेर न्युजिल्याण्डले हार्यो भने यदि यो खेल इंग्ल्याण्डले जित्यो भने न्युजिल्याण्डको ११ अंकमात्र रहन्छ। र यस्तो स्थिति पाकिस्तानका लागि महंगो सावित हुनसक्छ।

किनभने त्यस्तो अवस्थामा पाकिस्तानले बंगलादेशलाई ठूलो अन्तरले हराउनुपर्छ। ताकि रन रेटको आधारमा सेमीफाइनलमा पुग्न सकियोस्। अहिले पाकिस्तानको रन रेट ०.७९२ छ, जबकि न्युजिल्याण्डको ०.५७२ छ। अर्थात १ को अन्तर छ। र, यो अन्तरलाई कम गर्न पाकिस्तानलाई कम चुनौती छैन। त्यसो त नेट रन रेटको हिसावले इंग्ल्याण्ड (नेट रन रेट १ छ)

सबैभन्दा फाइदाको स्थितिमा छ। नेट रन रेटको गणना कसरी हुन्छ? कुनै पनि टीमको नेट रन रेट थाहा पाउन निकै सजिलो गणित छ। टीमले टुर्नामेन्टमा जति रन बनाएको छ, त्यसलाई ती ओभर्सले भाग गर्नुपर्छ, जुन उसले खेलेको छ। अर्को शब्दमा भन्दा यसलाई पूरै टुर्नामेन्टमा कुनै पनि टीमको प्रति ओभर ब्याटिङ औसत भन्न सकिन्छ।

अब त्यो टीमको विरुद्ध प्रति ओभर कति रन बनेको छ यसको निकाल्नुस् अर्थात बलिङको औसत। ब्याटिङबाट बलिङको औसत घटाउँदा निस्किन्छ नेट रन रेट। लीग म्याचमा पाकिस्तानले न्युजिल्याण्ड र इंग्ल्याण्डलाई उछिने पनि जब सेमीफाइनलमा पुग्ने खेल नेट रन रेटका आधारमा तय हुन्छ, तब पाकिस्तान यी दुवै टिमभन्दा निकै पछि छ।

तेस्रो स्थिति ः पानीले नबिगारोस् पाकिस्तानको पूरा गणित यो टुर्नामेन्टमा अहिलेसम्म चार खेल पानीका कारण स्थगित भएका छन्। श्रीलंका विरुद्ध पाकिस्तानको शुरुवाती लीग म्याच पनि गुमाइसकेको छ। यदि बंगलादेशसँगको खेलमा पनि पानी भिलेन बन्यो भने पाकिस्तान विश्वकप यात्राबाट बाहिरिने पक्का छ। किनभने नेट रन रेटका आधारमा पाकिस्तान नखेलीकनै बाहिरिनेछ।

(https://www.saasgenius.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?