ला लिगा : बार्सिलोनाद्धारा लेभान्ते पराजित, मेस्सीको ह्याट्रिक
सारांश
- काठमाडौं, २ पुस ।
- लेभान्तेलाई ५–० ले हराउँदै बार्सीलोनाले स्पेनिस ला लिगाको अग्रतालाई निरन्तरता दिएको छ ।
- गएराती भएको खेलमा बार्सालाई विजयी गराउन अर्जेन्टेनी खेलाडी लियोनल मेस्सीले ह्याट्रिक गरे ।
काठमाडौं, २ पुस । लेभान्तेलाई ५–० ले हराउँदै बार्सीलोनाले स्पेनिस ला लिगाको अग्रतालाई निरन्तरता दिएको छ । गएराती भएको खेलमा बार्सालाई विजयी गराउन अर्जेन्टेनी खेलाडी लियोनल मेस्सीले ह्याट्रिक गरे ।
ला लिगामा किर्तीमानी खेलाडी मेस्सीको यो ३१ औं ह्याट्रिक हो । गएराती बार्साका लागि लुइस सुवारेज र जेरार्ड पिकेले एक एक गोल थपे ।
गएरातीको जितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको सेभियासँग तीन अंकको दूरी बनाएको छ । बार्सिलोनाको ३४ अंक छ भने सेभियाको ३१ अंक छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया