आँप खानुअघि ध्यान दिनुपर्ने कुरा

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०८०
|
|
५४ पटक हेरिएको
Shares
आँप खानुअघि ध्यान दिनुपर्ने कुरा

सारांश

  • काठमाडौं ।
  • गर्मी मौसम सुरु भएसँगै आँपहरू पनि बजारमा आइसकेका छन् ।
  • आँप बच्चादेखि बुढासम्म सबैलाई मनपर्ने फलमध्ये एक हो ।

काठमाडौं । गर्मी मौसम सुरु भएसँगै आँपहरू पनि बजारमा आइसकेका छन् । आँप बच्चादेखि बुढासम्म सबैलाई मनपर्ने फलमध्ये एक हो । मौसमी फलहरू खानु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ। तर, आँपलाई खाँदा केही सावधानीहरू पनि अपनाउनुपर्ने हुन्छ ।

कुनै पनि कुरा आवश्यकताभन्दा धेरै खाएको खण्डमा त्यसले स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ । त्यस्तै, आँप खानुअघि पनि केही कुराहरूमा ध्यान दिन आवश्यक छ ।

१. आँप र दही कहिल्यै पनि एकसाथ खानु हुँदैन । यसो गर्नु एकदमै गलत हुन्छ । यसले तपाईंको छालामा संक्रमण हुन सक्छ ।

२. आँप खानेबित्तिकै तुरुन्त पानी पिउनु हुँदैन । यसले पाचनसँग जोडिएका समस्या हुन सक्छन् । आँप खाएको आधा घण्टा पछि नै पानी पिउनु पर्दछ ।

३.त्यस्तै आँपलाई खानुअघि करिब २–३ घण्टा भिजाएर खाने गर्नुस् । किनकि यसो गर्दा फलभित्र रहेको गर्मी बाहिर निस्कन्छ । जसले गर्दा यसले शरीरमा धेरै गर्मी बनाउन सक्दैन ।

४. आँप साँझमा खानापछि खानु हुँदैन । रातको समयमा धेरै फाइबर तथा उच्च क्यालोरी भएका खाना स्वास्थ्यका लागि नोक्सानदायक हुन सक्छन् ।

५. आँपलाई विशेषगरी बिहानको नास्तामा खाने गर्नु पर्दछ । किनकि, यसलाई खाएर तपाईं धेरै समय भोको हुनबाट जोगिनुहुन्छ ।

५. आँप मात्र धेरै मात्रामा सेवन गर्नुभन्दा फलफूलको सलाद बनाएर खान फाइदाजनक हुन्छ । आँपसँग तपाईं अरू फलफूलहरू पनि मिसाएर खान सक्नुहुन्छ ।

६.आँपलाई स्मुदी, जुस आदि बनाएर पनि पिउन सकिन्छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?