भयावह बन्दै असुरक्षित गर्भपतनः २० बर्ष मुनिका किशोरी उल्लेख्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
भयावह बन्दै असुरक्षित गर्भपतनः २० बर्ष मुनिका किशोरी उल्लेख्य

सारांश

  • काठमाडौं ८ पुस ।
  • गर्भपतन गराउने सयजनामध्ये ५८ महिलाले असुरक्षित ढंगबाट गर्भपतन गराउने गरेको पाइएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महिलाले गर्ने गर्भपतनमध्ये ४२ प्रतिशतले मात्र सुरक्षित विधि प्रयोग गर्ने गरेका छन् ।

काठमाडौं ८ पुस । गर्भपतन गराउने सयजनामध्ये ५८ महिलाले असुरक्षित ढंगबाट गर्भपतन गराउने गरेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महिलाले गर्ने गर्भपतनमध्ये ४२ प्रतिशतले मात्र सुरक्षित विधि प्रयोग गर्ने गरेका छन् ।

मन्त्रालयका अनुसार गर्भपतन गराउने सय जनामध्ये ४२ जनाले मात्र सुरक्षित विधि अपनाउने गरेका छन् । नेपाल कानुन र चिकित्सकका अनुसार १२ साताभन्दा बढीको गर्भ आवश्यक तालिम नलिएका वा अनुमति नलिएका स्वास्थ्यकर्मीबाट हुने र जोखिमपूर्ण विधिबाट गर्भाशयमा रहेको भ्रुण नष्ट गर्ने कार्य असुरक्षित गर्भपतन हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २०७४/०७५ मा मात्र ८० हजार ६७२ जनाले गर्भपतन गराएका छन् । ती मध्ये २ हजार १६५ जना २० बर्षभन्दा मुनिका किशोरी छन् । -राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?