२५ रुपैयाँमा पेटभरि खाना
सारांश
- काठमाडौँ ।
- भैरहवाका एक व्यवसायीले २५ रुपैयाँमा कार्यस्थलमै लगेर पेटभरि खाना खुवाउन थालेका छन् ।
- सुन्दा अपत्यारिलो लाग्ने भएपनि २५ रुपैयाँमा आमाको सम्झनामा खोलिएको फाउन्डेसनमार्फत पेटभरी खाना खुवाउन थालेका छन् ।
काठमाडौँ । भैरहवाका एक व्यवसायीले २५ रुपैयाँमा कार्यस्थलमै लगेर पेटभरि खाना खुवाउन थालेका छन् । सुन्दा अपत्यारिलो लाग्ने भएपनि २५ रुपैयाँमा आमाको सम्झनामा खोलिएको फाउन्डेसनमार्फत पेटभरी खाना खुवाउन थालेका छन् ।
विशेष गरी अस्पताल, सरकारी विद्यालय, मजदुरलाई कार्यस्थलमा फाउण्डेसनले घुम्ती सेवाबाट खाना खुवाउने बताइएको छ ।
भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवी च्यारिटेबल फाउण्डेसनमार्फत मंगलबारदेखि २५ रुपैयाँमा खाना खुवाउन थालेका हुन् ।
उनले शाकाहारी खाना आय भएका वर्गलाई खुवाउनेगरी ‘अन्नपूर्ण भोजनालय’ खोलेको व्यवसायी रौनियारले बताएका छन् । २५ रुपैयाँमा निम्न आय वर्गलाई खाना खुवाउने उद्देश्य रहेको र उनले बताएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया