८ हजार लिटर मदिरा नष्ट साथै लागूऔषध सहित ४ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
१८ पटक हेरिएको
Shares
८ हजार लिटर मदिरा नष्ट साथै लागूऔषध सहित ४ जना पक्राउ

सारांश

  • काठमाडौ साउन २८।
  • कास्कीमा घरेलु मदिरा नष्ट गर्ने अभियान सञ्चालन भई रहदा पछिल्लो समय वडा प्रहरी कार्यालय बैदामले पनि ठुलो परिमाणमा घरेलु मदिरा नियम्त्रणमा लिई नष्ट गरेको छ ।
  • यही श्रावण २५ गते पोखरा ९ बसपार्क स्थित विभिन्न भट्टी पसल तथा होटलबाट ८ हजार लिटर तयारी तथा घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिईएको हो ।

काठमाडौ साउन २८।कास्कीमा घरेलु मदिरा नष्ट गर्ने अभियान सञ्चालन भई रहदा पछिल्लो समय वडा प्रहरी कार्यालय बैदामले पनि ठुलो परिमाणमा घरेलु मदिरा नियम्त्रणमा लिई नष्ट गरेको छ ।
यही श्रावण २५ गते पोखरा ९ बसपार्क स्थित विभिन्न भट्टी पसल तथा होटलबाट ८ हजार लिटर तयारी तथा घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिईएको हो ।विभिन्न स्थानमा अबैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्री बितरण हुन्छ भन्ने स्थानिय बासिको जनगुनासोका आधारमा खटिएको प्रहरी टोलिले ठुलो मात्रामा घरेलु मदिरा नियन्त्रणमा लिन सफल भएको हो ।
नियन्त्रणमा लिईएको उक्त घरेलु मदिरा स्थानिय जनप्रतिनिधी, पत्रकार तथा स्थानियको उपस्थितिमा नष्ट गरिएको कास्की प्रहरी का डीएसपी नबिन कार्कीले बताए।
डीएसपी कार्की का अनुसार प्रहरीले  लागूऔषध सहित ४  जनालाई समेत पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा ९ महेन्द्र पुल बस्ने वर्ष ३५ को विक्रम थापा मगर, नवलपरासी बर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका १८ सुनवल बस्ने वर्ष २८ को विष्णुनाथ उपाध्याय र सोही ठाउँ घर भई पोखरा ५ जिरो किमि बस्ने वर्ष २१ कि सुनिता खड्का रहेका छन् ।गोप्य सुचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट सादा पोशाकमा खटिएको प्रहरी टोलिले पोखरा ५ उत्तम चोकबाट  विक्रम र विष्णुनाथलाई २ सय ४५ थान लागु औषध सहित पक्राउ गरेको हो भने पोखरा ५ जिरो कि. मि. बाट सुनितालाई २९ थान लागूऔषध सहित पक्राउ गरेको हो ।साथै गस्तीमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा पोखरा ९ पृथ्बीचोक स्थित दिप रेष्टुरेण्टबाट कपिलबस्तुको बगुनि घर भएका वर्ष १९ को शेषकान्त थारुको साथबाट फेनरागन १८० थान,डाईजेपाम १८० थान,नुरफिन १८० थान र नाईट्रोजन ट्याबलेट ३ पत्ता समेत बरामद गरेको छ 

 पक्राउ परेका सबैजना उपर प्रहरीले थप अनुसन्धान गरिरहेको समेत डीएसपी नबिन कार्कीले बताए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?