भरतपुरमा रेनुकाे अग्रता झन् बढ्याे

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ४, २०७९
|
|
२३ पटक हेरिएको
Shares
भरतपुरमा  रेनुकाे अग्रता झन् बढ्याे

सारांश

  • चितवन।
  • भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल एक हजार ७१२ मतले अघि अग्रता लिएकी छन्।
  • भरतपुर महानगरपालिका–६ को मतगणना सकिँदै गर्दा दाहालले नौ हजार ९७० मत प्राप्त गरेका छन्।

चितवन। भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल एक हजार ७१२ मतले अघि अग्रता लिएकी छन्।

भरतपुर महानगरपालिका–६ को मतगणना सकिँदै गर्दा दाहालले नौ हजार ९७० मत प्राप्त गरेका छन्। नेकपा एमालेबाट प्रमुखका प्रत्यासी विजयी सुवेदीले ८ हजार २५८ मत प्राप्त गर्दा स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ५०४ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ९५६ र राप्रपाका हिमला गुरुङले ६ हजार ७४२ मत प्राप्त गरेका छन्। वडा अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठ विजयी भएका छन्।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी डोलनारायण अधिकारीलाई ६१८ मत अन्तरले पराजित गरे। श्रेष्ठले दुई हजार ७३५ मत र नेकपा एमालेका अधिकारीले दुई हजार ११७ मत प्राप्त गरेका छन्।

यसअघि महानगरको वडा नं १, २, ४ र ५ को वडा अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने वडा नं ३ मा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। यस वडामा पाँच हजार ५८२ मत खसेको थियो। भरतपुर महानगरपालिकामा हालसम्म २७ हजार ४३८ मतगणना भएको छ।

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ। यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जित हासिल गरेको छ। इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँच दलीय गठबन्धनको अग्रता कायम गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘काङ्ग्रेस कार्यकर्ता भन्छन् : परिक्रमीका होइन परिश्रमीका कुरा सुन’
‘काङ्ग्रेस कार्यकर्ता भन्छन् : परिक्रमीका होइन परिश्रमीका कुरा सुन’
‘नेपाल स्वच्छ वातावरण महाअभियान-२०७५’ लाइ बिदेशि नागरिककाे साथ
‘नेपाल स्वच्छ वातावरण महाअभियान-२०७५’ लाइ बिदेशि नागरिककाे साथ
लकडाउनले प्रभावित आयोजना
लकडाउनले प्रभावित आयोजना
कर्णाली सरकारद्वारा एकसय दिनको प्रगति सार्वजनिक
कर्णाली सरकारद्वारा एकसय दिनको प्रगति सार्वजनिक
अक्षरा जुनियर स्कुल प्रिन्सेसमा २०१८ मा ८० प्रतियोगी छनौट
अक्षरा जुनियर स्कुल प्रिन्सेसमा २०१८ मा ८० प्रतियोगी छनौट
प्रचण्डका अनुसार यस्तो छ माअोवादीले चुनाव हार्नुका पाँच कारण
प्रचण्डका अनुसार यस्तो छ माअोवादीले चुनाव हार्नुका पाँच कारण
वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप, दुईजना घाइते
वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप, दुईजना घाइते
शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि: प्रधानमन्त्री
शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि: प्रधानमन्त्री
युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन
युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन
देशको बृहत्तर हितका लागि पार्टी एकता गर्दैछौं : प्रचण्ड
देशको बृहत्तर हितका लागि पार्टी एकता गर्दैछौं : प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?