भरतपुर महानगर कार्यपालिकामा काङ्ग्रेसको बहुमत

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २५, २०७९
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • चितवन।
  • भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेसको उपप्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन्।
  • कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना कांग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा कांग्रेसको बहुमत भएको हो।

चितवन। भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेसको उपप्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन्। कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना कांग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा कांग्रेसको बहुमत भएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनाअनुसार कार्यपालिकाको महिला सदस्यमा पाँचमध्ये चार जना कांग्रेसबाट निर्वाचित भएका छन्।

कांग्रेसबाट वडा सदस्यमा सिर्जना अधिकारी, सुकमाया परियार, सारदा पोखरेल र नर्मदा सापकोटा निर्वाचित भएका हुन्। नेकपा (माओवादी केन्द्र)की बीना नेपाली पनि निर्वाचित भएका हुन्।

दलित तथा अल्पसङ्ख्यकबाट कांग्रेसका गोपाल दराई, माओवादी केन्द्रका विष्णुबहादुर भुजेल र नेकपा (एकीकृत समाजवादी)की कोपिला उपरकोटी निर्वाचित भएको सूचनामा उल्लेख छ। भरतपुर महानगरमा निर्वाचित कार्यपालिका सदस्यसहित महानगर परिषद् सदस्य सङ्ख्या १५० पुगेको छ।

जसमध्ये कांग्रेसका ७६, नेकपा (एमाले)का ५२, माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका ६, राप्रपाका चार र स्वतन्त्रका एक जना छन्।

कार्यपालिकामा कांग्रेसको २२, एमालेको ६, माओवादी केन्द्रको ६, एकीकृत समाजवादीको चार र स्वतन्त्रबाट एक जना विजयी भएका छन्। महानगरपालिकामा २९ वडा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शोकमा बलिउड, रहेनन् कलाकार इरफान खान
शोकमा बलिउड, रहेनन् कलाकार इरफान खान
विश्वकप क्रिकेटः भारतको नजर सेमिफाईनल, इंग्ल्याण्ड ‘गर या मर’को स्थितिमा
विश्वकप क्रिकेटः भारतको नजर सेमिफाईनल, इंग्ल्याण्ड ‘गर या मर’को स्थितिमा
बालेन शाहले आतंक मच्याएको भन्दै उद्योग वाणिज्य संघले महानगरसँग क्षतिपूर्ति माग्ने
बालेन शाहले आतंक मच्याएको भन्दै उद्योग वाणिज्य संघले महानगरसँग क्षतिपूर्ति माग्ने
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेको उम्मेदवारी दर्ता
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेको उम्मेदवारी दर्ता
Netflix’s first Indian horror series ‘Ghoul’ trailer starring Radhika Apte is terrifying!
Netflix’s first Indian horror series ‘Ghoul’ trailer starring Radhika Apte is terrifying!
बुधबारको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण
तल्लो सेती जलविद्युत्मा एडिबी र जाइकाको चासो
तल्लो सेती जलविद्युत्मा एडिबी र जाइकाको चासो
इजरायलमा एकजना नेपाली सम्पर्कविहीन, घर फर्किन २ सय भन्दा बढीले नाम टिपाए
इजरायलमा एकजना नेपाली सम्पर्कविहीन, घर फर्किन २ सय भन्दा बढीले नाम टिपाए
मनिषा कोईरालाले लिईन श्रीमान् बिना आमा बन्ने निर्णय
मनिषा कोईरालाले लिईन श्रीमान् बिना आमा बन्ने निर्णय

तपाईंले छुटाउनुभयो कि?