इजरायलमा एकजना नेपाली सम्पर्कविहीन, घर फर्किन २ सय भन्दा बढीले नाम टिपाए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०८०
|
|
५४ पटक हेरिएको
Shares
इजरायलमा एकजना नेपाली सम्पर्कविहीन, घर फर्किन २ सय भन्दा बढीले नाम टिपाए

सारांश

  • काठमाडौं ।
  • तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको बताएको छ ।
  • घाइते भएका चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुईजनालाई तेल अबिबमा सुरक्षित राखिएको छ ।

काठमाडौं । तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको बताएको छ ।

घाइते भएका चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुईजनालाई तेल अबिबमा सुरक्षित राखिएको छ । दूतावासले जारी गरेको विज्ञप्तिअनुसार प्रहरी, अस्पताललगायत उपलब्ध स्थानीय संयन्त्रको सहयोगमा सम्पर्कविहीन भएका एकजना नेपालीको खोजीलाई तीव्र गतिमा अघि बढाइएको जनाएको छ ।

“हाल युद्ध भइरहेको इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीहरुलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली सङ्घसंस्थाको सहयोगमा दूतावासले उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।

नेपाल फर्कन इच्छुकहरुको स्वदेश फिर्तीका लागि दूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसन सुरु भई दुई सयभन्दा बढीको विवरण प्राप्त भइसकेको छ । राजदूतावासले इजरायलमा भएका नेपालीलाई संयमित एवं सतर्क भई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु एक करोड दुई लाख सहयोग
ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहाना होइन, देशलाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो : प्रचण्ड
ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहाना होइन, देशलाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो : प्रचण्ड
महेश बस्नेतले कुलमान विरुद्ध अख्तियारले छानविन गर्नुपर्छ किन भने?
महेश बस्नेतले कुलमान विरुद्ध अख्तियारले छानविन गर्नुपर्छ किन भने?
अष्ट्रेलियामा भ्रमण वर्षको भव्य तयारी
अष्ट्रेलियामा भ्रमण वर्षको भव्य तयारी
लुम्बिनीले आज नयाँ मुख्यमन्त्री पाउँदै
लुम्बिनीले आज नयाँ मुख्यमन्त्री पाउँदै
सरकारले आचारसंहिता उल्लंघन गरेको छैन: महरा
सरकारले आचारसंहिता उल्लंघन गरेको छैन: महरा
ओली र प्रचण्डको सेटिङमा मन्त्री हेरफेर, यी मन्त्रीको पद धरापमा !
ओली र प्रचण्डको सेटिङमा मन्त्री हेरफेर, यी मन्त्रीको पद धरापमा !
काठमाडौंमा नेपाल र बंगलादेशबिचको मैत्रीपूर्ण फुटबल हुने
काठमाडौंमा नेपाल र बंगलादेशबिचको मैत्रीपूर्ण फुटबल हुने
विश्वकप फुटबल २०१८:  २१औं प्रतियोगिताको विधिवत उद्घाटन याे समयमा हुने
विश्वकप फुटबल २०१८: २१औं प्रतियोगिताको विधिवत उद्घाटन याे समयमा हुने
चीनको यो सुझाव नेपाललाई कि भारतलाई ?
चीनको यो सुझाव नेपाललाई कि भारतलाई ?