भारतमा ट्याक्टर र जीप जुध्दा १५ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
३२ पटक हेरिएको
Shares
भारतमा ट्याक्टर र जीप जुध्दा १५ को मृत्यु

सारांश

  • नयाँदिल्ली, ७ असार।
  • भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
  • भारतको मध्य प्रदेशमा ट्याक्टर र जीप एक आपसमा ठक्कर खाएर भएको दुर्घटनामा परी मृत्यु हुनेमा पाँच जना महिला रहेका छन् ।

नयाँदिल्ली, ७ असार। भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

भारतको मध्य प्रदेशमा ट्याक्टर र जीप एक आपसमा ठक्कर खाएर भएको दुर्घटनामा परी मृत्यु हुनेमा पाँच जना महिला रहेका छन् ।

मध्य प्रदेशको राजधानी भोपालदेखि ४५० किलोमिटर टाढा पर्ने गन्ज रामपुर भन्ने ठाँउमा दुर्घटना भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

स्थानीय प्रहरी प्रमुख अमित साङघीले सञ्चार माध्यमहरूलाई दिएको जानकारी अनुसार पारिवारिक काममा हिँडेका २० जना पारिवारिक सदस्यहरू जीपमा चढेका थिए । विपरित दिशाबाट आएको ट्याक्टरले सो जीपलाई ठक्कर दिएपछि स्थानीय समय अनुसार विहान ५।३०मा दुर्घटना भएको हो ।

दुर्घटनामा परेको जीप पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अन्य तीन जनालाई उपचारका लागि अस्पताल लगिएपछि मृत्यु भएको घोषणा गरिएको अस्पतालका अधिकारीहरूले जनाएका छन् ।

“घटनामा परी अरु पाँच जना घाइते भएका छन् र उनीहरुको अस्पतालमा उपचार भइरहेको छ,” एक स्वास्थ्यकर्मीले भने ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरूको सङ्ख्या अझ बढ्न सक्ने स्वास्थ्यअधिकारीहरूले अनुमान गरेका छन् ।

घाइते अधिकांशलाई टाउकोमा चोट लागेकाले सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ ।
मध्य प्रदेशका स्वास्थ्य मन्त्री रुस्टम सिंहले अस्पतालमै पुगेर घाइतेहरुलाई भेट्नु भएको छ । उहाँले घाइतेहरुको उपचारमा कुनै कमी नहुन निर्देशन दिदै घटनाका बारेमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धता पनि गर्नुभएको छ ।

भारत विश्वमै अत्यधिक धेरै सवारी दुर्घटना हुने मुलुकमा पर्दछ । चालकको लापर्वाही, सडकको खराब अवस्था र सही अवस्थामा नरहेका सवारी साधनहरू संचालन गरिने भएकाले दुर्घटना धेरै हुने गरेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्च अदालतद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा अन्तरिम आदेश जारी
उच्च अदालतद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा अन्तरिम आदेश जारी
सर्वोच्चमा प्रधानन्यायाधीश फेरिएको फेरिय्यै, भ्रष्टाचार मुद्दाको सुनुवाइ सरेको स-यै
सर्वोच्चमा प्रधानन्यायाधीश फेरिएको फेरिय्यै, भ्रष्टाचार मुद्दाको सुनुवाइ सरेको स-यै
भारतीय आप्रवासीहरु कोरोनाको त्रासले सयौँ माइल हिँडेर घर पुग्दै
भारतीय आप्रवासीहरु कोरोनाको त्रासले सयौँ माइल हिँडेर घर पुग्दै
दुबईको ‘प्रो गल्फ लुब्रिकन’ अब नेपाली बजारमा
दुबईको ‘प्रो गल्फ लुब्रिकन’ अब नेपाली बजारमा
संविधान संशाेधन गरेर दुईवटा प्रधानमन्त्री राख्नुसः काङ्ग्रेस सांसद भरतकुमार शाह !
संविधान संशाेधन गरेर दुईवटा प्रधानमन्त्री राख्नुसः काङ्ग्रेस सांसद भरतकुमार शाह !
चुनाव सार्ने देउवाका सबै प्रयासहरु असफल भए: ओली
चुनाव सार्ने देउवाका सबै प्रयासहरु असफल भए: ओली
डिसहोमको एक्सन स्पोट्र्स च्यानलमा पोखराबाट आरडब्लु महासंग्रामको लाइभ
डिसहोमको एक्सन स्पोट्र्स च्यानलमा पोखराबाट आरडब्लु महासंग्रामको लाइभ
अफगानिस्तानमा तेस्रो पटक भूकम्प, एकको मृत्यु तथा १०० बढी घाइते
अफगानिस्तानमा तेस्रो पटक भूकम्प, एकको मृत्यु तथा १०० बढी घाइते
इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो
इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो
पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

तपाईंले छुटाउनुभयो कि?