भरतपुर–१९ को मतगणना जारी, यस्तो आयो भरतपुरको पछिल्लो ताजा मतपरिणाम

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २१, २०७४
|
|
२५ पटक हेरिएको
Shares
भरतपुर–१९ को मतगणना जारी, यस्तो आयो भरतपुरको पछिल्लो ताजा मतपरिणाम

सारांश

  • चितवन, २१ साउन ।
  • भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदानको हालसम्म गणना भएको एक हजार ६०५ मत समावेश गर्दा नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ५४३ र नेकपा( माओवादी केन्द्र)की रेणु दाहालले ४१ हजार ३१ मत प्राप्त गर्नुभएको छ ।
  • सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार राप्रपाका बद्री तिमिल्सिनाको छ हजार ६२५ मत पुगेको छ ।

चितवन, २१ साउन । भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदानको हालसम्म गणना भएको एक हजार ६०५ मत समावेश गर्दा नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ५४३ र नेकपा( माओवादी केन्द्र)की रेणु दाहालले ४१ हजार ३१ मत प्राप्त गर्नुभएको छ ।
सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार राप्रपाका बद्री तिमिल्सिनाको छ हजार ६२५ मत पुगेको छ । त्यसैगरी उपप्रमुखमा काँग्रेसकी पार्वती शाहले ४४ हजार ९१५, एमालेकी दिव्या शर्मा आचार्यले ३८ हजार २१६ र राप्रपाकी रिना गुरुङले छ हजार ९८९ मत प्राप्त गर्नुभएको छ ।

सो वडामा वडाध्यक्षसहित सबै नेपाली काँग्रेसका सदस्यले अग्रता कायम गरेका छन् । सो वडामा हालसम्म दाहालले ज्ञवालीभन्दा २७२ मत बढी प्राप्त गर्नुभएको छ । हालसम्मको परिणाममा भने प्रमुख पदमा ज्ञवाली ५१२ मतले अगाडि हुनुहुन्छ ।

शुक्रबार भएको निर्वाचनमा सो वडामा दुई हजार ८७० मत खसेको थियो । यसअघि सो वडामा दुई हजार ८९७ मत खसेको थियो । पहिलेभन्दा २७ मत कम खसेको हो । सो वडामा तीन हजार ७९७ मतदाता छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?