सात दिनभित्र कार्यालयको सम्पर्क नआउने प्रहरीलाई कारबाही हुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १३, २०८०
|
|
५७ पटक हेरिएको
Shares
सात दिनभित्र कार्यालयको सम्पर्क नआउने प्रहरीलाई कारबाही हुने

सारांश

  • काठमाडौँ ।
  • लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म २२ जनालाई सात दिनभित्र सम्पर्कमा नआए कारवाही गरिने भएको छ ।
  • कार्यालयमा जानकारी नगराई लामो समयदेखि गैरहाजिर रहेका २२ जना प्रहरीलाई सातदिन भित्रमा हाजिर हुन आउन प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना प्रकाशित गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

काठमाडौँ । लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म २२ जनालाई सात दिनभित्र सम्पर्कमा नआए कारवाही गरिने भएको छ ।

कार्यालयमा जानकारी नगराई लामो समयदेखि गैरहाजिर रहेका २२ जना प्रहरीलाई सातदिन भित्रमा हाजिर हुन आउन प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना प्रकाशित गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनले भने, “सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ दिन भनिएको छ । अन्यथा उनीहरुलाई सेवाबाट हटाउने कारबाही हुने छ ।” नेपाल प्रहरीको सम्पर्कमा नरहेका प्रहरीमा प्रहरी सहायक निरीक्षक जेम्सहाङ सोदेम्बा, प्रहरी हवल्दार डम्मरनारायण चौधरी, लोकबहादुर गौतम, सहायक प्रहरी हवल्दारमा नारायण पोखरेल, राजकुमार थारु, सुनिता चौधरी, भुपाल क्षेत्री रहेका छन् । यसैगरी प्रहरी जवानमा टोपेन्द्र शाही, विकेश प्रजापति, प्रदीप रोका, श्यामसुन्दर यादव, रामकृष्ण वली, जनकसिंह साउद, राजन राई, विशाल थापा, विश्वप्रकाश विक, युवराज अर्याल, सुजन गुरुङ, हेमराज महतोे, प्रकाश कुँवर, नीरज बढई तथा वसन्त ढकाल रहेको केन्द्रीय प्रहरी प्रवक्ता कडायतले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाह
आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाह
विप्लवका गतिविधिमाथि उच्च निगरानी
विप्लवका गतिविधिमाथि उच्च निगरानी
टुँडिखेलमा संविधान दिवसको रौनक (फोटो फिचर)
टुँडिखेलमा संविधान दिवसको रौनक (फोटो फिचर)
कर्णाली राजमार्गको गगने खोलामा फेरि पहिरो: लेदो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प
कर्णाली राजमार्गको गगने खोलामा फेरि पहिरो: लेदो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प
सबै दल समृद्धितर्फ लाग्नुपर्छ : नेता बस्नेत
सबै दल समृद्धितर्फ लाग्नुपर्छ : नेता बस्नेत
एमालेलाई हेरेर माओवादीले पनि उपराष्ट्रपति दोहोर्याउने
म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्र्याउदैं
म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्र्याउदैं
एसएसबीद्वारा नेपाली हत्या प्रकरणः नेपाल प्रहरीको पेस्तोल हराएको दाबी
एसएसबीद्वारा नेपाली हत्या प्रकरणः नेपाल प्रहरीको पेस्तोल हराएको दाबी
पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३मा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम
राेचक: जहाँ सार्वजनिक स्थलमा खुलेआम यौन कार्य हुन्छ…
राेचक: जहाँ सार्वजनिक स्थलमा खुलेआम यौन कार्य हुन्छ…