पार्टी जनतामा जानुपर्छ : महासचिव चन्द

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २५, २०७९
|
|
२३ पटक हेरिएको
Shares
पार्टी जनतामा जानुपर्छ : महासचिव चन्द

सारांश

  • काठमाडौँ ।
  • नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान समयमा मुलुकको आर्थिक सङ्कट र उद्योग व्यवसायीले व्यहोर्नुपरेको चर्को ब्याज, मिटर ब्याजहरूको अत्याचार, शैक्षिक क्षेत्रको समस्यालगायतका विषयमा पार्टी जनतामा जानुपर्ने बताएका छन् ।
  • पार्टीको नवौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा छ महिने योजनासहितको “पार्टी योजनालाई कडाइपूर्वक लागु गरौँ, एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔँ” भन्ने राजनीतिक प्रस्ताव पारित गरी निर्णय गरेको जानकारी महासचिव चन्दले दिए ।

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान समयमा मुलुकको आर्थिक सङ्कट र उद्योग व्यवसायीले व्यहोर्नुपरेको चर्को ब्याज, मिटर ब्याजहरूको अत्याचार, शैक्षिक क्षेत्रको समस्यालगायतका विषयमा पार्टी जनतामा जानुपर्ने बताएका छन् ।

पार्टीको नवौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा छ महिने योजनासहितको “पार्टी योजनालाई कडाइपूर्वक लागु गरौँ, एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔँ” भन्ने राजनीतिक प्रस्ताव पारित गरी निर्णय गरेको जानकारी महासचिव चन्दले दिए ।

राष्ट्रिय स्वाधीनता र जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा देखिएका समस्याविरुद्ध, विद्यार्थीको न्यायिक सङ्घर्षलाई साथ दिन, जनताको मौलिक अधिकारका लागि, आत्मनिर्भर उत्पादन र राष्ट्रिय उद्योगी व्यवसायीसँगको सहकार्यलाई लागू गर्न, सम्पूर्ण सहिद मुख्यतः जनयुद्ध र एकीकृत जनक्रान्तिमा बलिदान गर्ने सहिदलाई यथाशीघ्र राष्ट्रिय सहिद घोषणा, किसानलाई सर्वसुलभरूपले मल, बीउ उपलब्ध गराउनेलगायतका विषयमा सङ्घर्ष गर्ने उल्लेख गरिएको छ ।

कार्यक्रममा महासचिव चन्दले भने, “आर्थिक सङ्कटका कारण टाट पल्टिएका व्यवसायीलाई राहत र संरक्षण, शैक्षिक क्षेत्रका समस्याविरुद्ध सङ्घर्ष गर्नेछौँ ।” वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेसँग एकता गर्ने, मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने नीतिलाई पार्टीले कार्यान्वयन गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रको आठौं राष्ट्रिय सम्मेलन सुरु, प्रधानमन्त्री देउवा सहभागी
माओवादी केन्द्रको आठौं राष्ट्रिय सम्मेलन सुरु, प्रधानमन्त्री देउवा सहभागी
मलाई मार्ने षड्यन्त्र गरियो : प्रचण्ड
मलाई मार्ने षड्यन्त्र गरियो : प्रचण्ड
राजश्व संकलन वृद्धि भएको भन्दै हौसिए अर्थमन्त्री , अझै करको दायरा बढाईने
राजश्व संकलन वृद्धि भएको भन्दै हौसिए अर्थमन्त्री , अझै करको दायरा बढाईने
चलचित्र ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक
चलचित्र ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक
संविधान संशोधनमा सरकारको स्पष्ट धारणा नआए संसद अवरुद्ध गर्ने राजपाको चेतावनी
संविधान संशोधनमा सरकारको स्पष्ट धारणा नआए संसद अवरुद्ध गर्ने राजपाको चेतावनी
राष्ट्रपति भण्डारीबाट दुबई वाटर क्यानलको अवलोकन
राष्ट्रपति भण्डारीबाट दुबई वाटर क्यानलको अवलोकन
बिमस्टेक : विदेश मन्त्रालयका सचिवहरुको बैठक भोली मंगलबार , यसरी सिगांरियो काठमाडौं
बिमस्टेक : विदेश मन्त्रालयका सचिवहरुको बैठक भोली मंगलबार , यसरी सिगांरियो काठमाडौं
सिन्धुपाल्चोकको ताजा परिणामः राजावादीको अाग्रता, एमाले-माके पछीपछी
सिन्धुपाल्चोकको ताजा परिणामः राजावादीको अाग्रता, एमाले-माके पछीपछी
आज २९ सय ४२ कोरोना संक्रमित थपिए, २३२६ जना डिस्चार्ज
आज २९ सय ४२ कोरोना संक्रमित थपिए, २३२६ जना डिस्चार्ज
परराष्ट्रमन्त्री साउद मङ्गलबार अजरबैजान प्रस्थान  गर्ने
परराष्ट्रमन्त्री साउद मङ्गलबार अजरबैजान प्रस्थान गर्ने

तपाईंले छुटाउनुभयो कि?