भारतको धौलीगङ्गा बाँध खोलिँदै, सतर्क रहन आग्रह

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ११, २०७६
|
|
५२ पटक हेरिएको
Shares
भारतको धौलीगङ्गा बाँध खोलिँदै, सतर्क रहन आग्रह

सारांश

  • बैतडी।
  • भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् आयोजनाको बाँध शुक्रबार खोलिने भएको छ।
  • एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार असार १३ गते राति १२ बजेदेखि साउन १४ गते बेलुका ६ः३० बजेसम्म ‘सिफ्ट फ्लशिंग’, सरसफाइको कार्य हुने भएकाले महाकाली नदीमा जलस्तर बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको हो।

बैतडी। भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् आयोजनाको बाँध शुक्रबार खोलिने भएको छ। एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार असार १३ गते राति १२ बजेदेखि साउन १४ गते बेलुका ६ः३० बजेसम्म ‘सिफ्ट फ्लशिंग’, सरसफाइको कार्य हुने भएकाले महाकाली नदीमा जलस्तर बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको हो।बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले सिफ्ट फ्लशिंगको लागि बाँधको ढोका खोलिएपश्चात् महाकाली नदीमा पानीको सतह बढ्न जाँदा तटीय क्षेत्रमा जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।

महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मत घाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालयले एक सूचनासमेत प्रकाशन गरेको छ।यही असार बाँध १४ गते बेलुकासम्म खोलिने भएकाले भए पनि १५ गते बेलुकासम्म तटीय क्षेत्रमा बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्नसमेत प्रजिअ पौडेलले आग्रह गर्नुभयो । परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण उक्त क्षेत्रका नागरिकलाई पनि नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन्।दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगङ्गा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्व सतर्कता अपनाउन सजिलो भएको छ। विसं २०७० मा धौलीगङ्गाकै बाँधका कारण दार्चुला सदरमुकाममा अर्बौंको क्षति गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा एकता विवाद चुलिदै, अन्ततः ओली–प्रचण्ड असफल
नेकपा एकता विवाद चुलिदै, अन्ततः ओली–प्रचण्ड असफल
सबैलाई छक्क पार्दै ४७ मतले विजयी भए छक्कबहादुर
सबैलाई छक्क पार्दै ४७ मतले विजयी भए छक्कबहादुर
खतिवडाबाटै अर्थमन्त्री चलाउने प्रधानमन्त्री ओलीको रणनीति
खतिवडाबाटै अर्थमन्त्री चलाउने प्रधानमन्त्री ओलीको रणनीति
साउदी जेलका बन्दी राईलाई छुटाउन प्रधानमन्त्री ओलीले गरे ३० लाख हस्तान्तरण
साउदी जेलका बन्दी राईलाई छुटाउन प्रधानमन्त्री ओलीले गरे ३० लाख हस्तान्तरण
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि
बेलायतमा भारतीय मुलकी प्रीति गृहमन्त्री, पाकिस्तानी मुलका साजिद अर्थमन्त्री नियुक्त
बेलायतमा भारतीय मुलकी प्रीति गृहमन्त्री, पाकिस्तानी मुलका साजिद अर्थमन्त्री नियुक्त
ट्रम्पका नीतिको आलोचना गरिरहेका पत्रकारलाई ह्वाइट हाउसमा प्रवेश रोक
ट्रम्पका नीतिको आलोचना गरिरहेका पत्रकारलाई ह्वाइट हाउसमा प्रवेश रोक
चितवनमा चरा गणना सुरु
चितवनमा चरा गणना सुरु
मिटरब्याजी पीडितमाथि बल प्रयोग नगर्न आयोगको आग्रह
मिटरब्याजी पीडितमाथि बल प्रयोग नगर्न आयोगको आग्रह
निर्वाचन आयोगद्धारा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन सबैसँग आग्रह
निर्वाचन आयोगद्धारा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन सबैसँग आग्रह