मिटरब्याजी पीडितमाथि बल प्रयोग नगर्न आयोगको आग्रह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ५, २०८०
|
|
५५ पटक हेरिएको
Shares
मिटरब्याजी पीडितमाथि बल प्रयोग नगर्न आयोगको आग्रह

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंको शान्ति वाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ ।
  • नागरिकको शान्तिपूर्ण रुपमा भेला हुने र आफ्ना विचार राख्न पाउने अधिकारको सम्मान र संरक्षण गर्न, प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग नगर्न आयोगले सरकारसँग आग्रह गरेको हो ।

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंको शान्ति वाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ ।

नागरिकको शान्तिपूर्ण रुपमा भेला हुने र आफ्ना विचार राख्न पाउने अधिकारको सम्मान र संरक्षण गर्न, प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग नगर्न आयोगले सरकारसँग आग्रह गरेको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा धर्नाका क्रममा झडप हुँदा घाइते भएका व्यक्तिको प्रभावकारी उपचारको व्यवस्था गर्न र सार्थक संवादमार्फत समस्याको समाधान गर्न सरकारसँग आग्रह गरिएको छ ।

साथै, विरोध र प्रदर्शन गर्दा मर्यादित र शान्तिपूर्ण रुपमा गर्न धर्नामा बसेकालाई आयोगले अनुरोध गरेको छ । न्यायको माग राखी विगत केही दिनदेखि काठमाडौंको शान्ति वाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितमाथि प्रहरीद्वारा अत्यधिक बल प्रयोग गरी घाइते बनाएको एवम् धरपकड गरिएको घटनाप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले उक्त घटनाको आयोगले स्थलगत अनुगमन गरेको छ । काठमाडौंको शान्ति वाटिकामा शान्तिपूर्ण धर्नामा रहेका ‘मिटरब्याज’ पीडितहरु प्रधानमन्त्रीलाई भेट्ने तयारीका साथ शान्ति वाटिकाबाट निस्केको अवस्थामा प्रहरीबाट रोक लगाइएको र सोही क्रममा झडप भएको आयोगको अनुगमनबाट पाइएको छ ।

उक्त धर्नामा रहेका व्यक्तिलाई प्रहरीले अत्यधिक बल प्रयोग गर्दै धरपकड गरेको, पीडितले प्रयोग गरिरहेको खाना पकाउने ग्यास, खाद्यान्नलगायतका सामग्री जबरर्जस्ती गरी लगिएको, धर्नामा रहेका प्रदर्शनकारी र वृद्धवृद्धालाई समेत नियन्त्रणमा लिई महेन्द्र पुलिस क्लबको भवन परिसरमा लगी कुटपिट गरिएकोे आयोगको अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।

प्रहरीको कुटपिटबाट घाइते भई काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । अस्पताल प्रशासन तथा महानगरीय प्रहरीवृत्त दरबारमार्गमा राखिएका व्यक्तिलाई समेत अयोगको अनुगमन टोलीले भेट गरी जानकारी लिएको छ । घाइतेमध्ये अधिकांशलाई टाउकोमा चोट लागेको र ट्रमा सेन्टरमा उपचाररत तीनजना गम्भीर रहेको अनुगमनको क्रममा पाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘कसरी गठबन्धन तोड्ने त ?’  प्रचण्डले सोधे , ‘लौ, उपाय बताउनुस्’ भन्दा अमरेश भए अक्क न बक्क।
‘कसरी गठबन्धन तोड्ने त ?’ प्रचण्डले सोधे , ‘लौ, उपाय बताउनुस्’ भन्दा अमरेश भए अक्क न बक्क।
गाडी चलाउँदै १ महिलालाई पालैपालो बलात्कार गरेकाे अाराेपमा ४ जना प्रहरीकाे नियन्त्रणमा
गाडी चलाउँदै १ महिलालाई पालैपालो बलात्कार गरेकाे अाराेपमा ४ जना प्रहरीकाे नियन्त्रणमा
अन्ततः पछि हटे काठमाडौंका मेयर शाक्य, यसरी बन्ने भयो रानीपोखरी ?
अन्ततः पछि हटे काठमाडौंका मेयर शाक्य, यसरी बन्ने भयो रानीपोखरी ?
काठमाडौं महानगरको २५ अर्ब ७० करोड बजेट प्रस्तुत
काठमाडौं महानगरको २५ अर्ब ७० करोड बजेट प्रस्तुत
नेमपिका लाई अनुदान लिन होइन बाम गठबंधन सहभागी हुन आव्हान ।
नेमपिका लाई अनुदान लिन होइन बाम गठबंधन सहभागी हुन आव्हान ।
बिग बोस नेपाललाई चेतावनीका साथ रोक लगाउन सूचना
बिग बोस नेपाललाई चेतावनीका साथ रोक लगाउन सूचना
मै खाउँ, मै लाउँ कांग्रेसी लोकतन्त्रको चरित्र होः रविन्द्र अधिकारी
मै खाउँ, मै लाउँ कांग्रेसी लोकतन्त्रको चरित्र होः रविन्द्र अधिकारी
विश्व बैंकले छब्बीस अर्ब ६० करोड ऋण सहयोग गर्ने
विश्व बैंकले छब्बीस अर्ब ६० करोड ऋण सहयोग गर्ने
उपसभामुख हटाउने विषयबाट कांग्रेस-एमाले ब्याक हुन्छन्ः प्रचण्ड
उपसभामुख हटाउने विषयबाट कांग्रेस-एमाले ब्याक हुन्छन्ः प्रचण्ड
राष्ट्रपतिले अध्यादेश स्विकृत गर्न ढिलाई गरे संवैधानिक जटिलता आउँछ, देउवाले अहिले सरकार छोड्दैछोड्नुहुन्न : डा. महत
राष्ट्रपतिले अध्यादेश स्विकृत गर्न ढिलाई गरे संवैधानिक जटिलता आउँछ, देउवाले अहिले सरकार छोड्दैछोड्नुहुन्न : डा. महत