अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २२, २०७९
|
|
३१ पटक हेरिएको
Shares
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

सारांश

  • काठमाडौं।
  • अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।
  • उनलाई औपचारिक रुपमा गिरफ्तार गरेर प्रहरी हिरासतमा राखिएको छ।

काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई औपचारिक रुपमा गिरफ्तार गरेर प्रहरी हिरासतमा राखिएको छ।

उनीमाथि ३४ आरोप लागेका छन्। आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन्। ट्रम्पले भने आफूविरुद्ध लगाइएको आरोप अस्वीकार गरेका छन्। ट्रम्पले स्टोर्मी ड्यान्यल्स नामक पोर्न स्टारलाई ठूलो रकम दिएकोबारे झुटो विवरण उल्लेख गरेको भन्दै लगाइएका विभिन्न अभियोगहरूमा आफू दोषी नरहेको दाबी न्यूयोर्कस्थित एउटा अदालतमा गरेका थिए।

सन् २०१६ को उक्त घटनामा मंगलवार उनीविरुद्ध ३४ वटा फेलनी अर्थात् गम्भीर अपराधका अभियोगहरू लगाइएको छ।

उनले मंगलबार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए। दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट निस्किएर अदालततिर गएका थिए। कार चढ्नुअघि उनले सञ्चारकर्मीहरूतिर फर्केर क्यामरातर्फ हेर्दै हात हल्लाएका थिए।

(www.contentbeta.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?