भारतमा फेरी अर्को बाबाको कर्तुत बाहिरियो
सारांश
- आफुलाई आध्यात्मिक गुरु मानने भारतीय बाबा राम रहिमको कूकृत्यलाई बिर्सन नपाउदै भारतको राजधानी दिल्ली मै अर्का एक बाबाको कालो कर्तुत बाहिर आएको छ ।
- नयाँ दिल्लीको रोहिणी इलाकामा आश्रम खोलेर बसेका बाबा विरेन्द्रमाथि एक दर्जन भन्दा बढी बलात्कारको आरोप लागेको छ ।
- भारतीय जाँच एजेन्सी सीबीआई र प्रहरीले नयाँ दिल्ली लगायत विभिन्न शहरमा रहेको बाबा वीरेन्द्रको आश्रममा छापा मारी थप ३० किसोरीहरुको उद्धार गरेको छ ।
आफुलाई आध्यात्मिक गुरु मानने भारतीय बाबा राम रहिमको कूकृत्यलाई बिर्सन नपाउदै भारतको राजधानी दिल्ली मै अर्का एक बाबाको कालो कर्तुत बाहिर आएको छ । नयाँ दिल्लीको रोहिणी इलाकामा आश्रम खोलेर बसेका बाबा विरेन्द्रमाथि एक दर्जन भन्दा बढी बलात्कारको आरोप लागेको छ ।
भारतीय जाँच एजेन्सी सीबीआई र प्रहरीले नयाँ दिल्ली लगायत विभिन्न शहरमा रहेको बाबा वीरेन्द्रको आश्रममा छापा मारी थप ३० किसोरीहरुको उद्धार गरेको छ । यसअघि पनि ४२ किसोरीलाई दिल्लीको रोहिणी स्थित आश्रमबाट उद्धार गरेको थियो । आफुलाई आध्यात्मिक गुरु र शिवको अवतार भन्ने वीरेन्द्र देव दिक्षितले सञ्चालन गरेको अध्यात्मिक विश्वविद्यालयबाट उनीहरुको उद्धार गरिएको हो । सो आश्रम अरु दुई सय महिला रहेको अनुमान गरिएको छ ।
छापामारीको क्रममा आश्रमबाट ठुलो परिमाणमा नसाको सुई र अन्य औषधीहरु समेत बरामद भएको अधिकारीहरुले बताएका छन । यसबाहेक चरेश, गाजा, मदिरा र ठुलो परिमाणमा कन्डोम पनि बरामद भएको छ । ७० वर्षिय वीरेन्द्रमाथि महिलाहरु लाई कैद गरी नशााको हालतमा राखेर यौन शोषण गरेको आरोप लगाइएको छ । यसैगरी ठुला देश र विदेशका ठुलो घरानासँग संबन्ध राखेको ती बाबाले महिला ओसार पसारको धन्दा समेत गर्दै आएको खुलेको छ । बाबा वीरेन्द्रबाट हैरान भएर कतिपय महिलाले आत्महत्या समेत गरेको खुलासा भएको छ । आरोपी वीरेन्द्र अहिले फरार छन ।
घटनालाई लिएर गैर सरकारी संस्था फाउन्डेसन अफ सोसल एम्पावरमेन्टले बाबा विरुद्ध मुद्दा समेत दायर गरेको छ । संस्थाका अनुसार बाबाले महिलाहरुलाई नशालु पदार्थ सेवन गर्न लगाउथें । कुनै महिलालाई आश्रममा ल्यएपछि उनलाई सात दिनसम्म एकान्तमा राखिन्थ्यो । यस अवधीमा उनीहरुलाई नशा सेवन गर्न लगाइन्थ्यो । यस अवधीमा बाबाले महिलाहरुसँग शिवलिंग झैं आफुलाई पुजा गर्न, मालिस गर्न र नुहाउन लगाउथे । यो रिती पुरा गरेपछि उनीहरुलाई अन्य शहरस्थित आश्रममा पठाइने गरिन्थ्यो ।
बाबा वीरेन्द्रको भारतकै अन्य १२ वटा शहरमा आश्रम रहेको छ भने भारत बाहेक क्यानाडा, जर्मनी, अमेरिका, बेलायत, मलेसिया र नेपालको राजधानी काठमाडौमा समेत आश्रम रहेको अन्तर्राष्ट्रिय सञ्चार माधयम बीबीसीले जनाएको छ । बाबा वीरेन्द्रमा सन १९९८ देखि हालसम्ममा १० वटा भन्दा बढी उजुरी दर्ता भइसकेको छ । यसमा यौन शोषण, बलात्कार, हत्या जस्ता अपराध रहेका छन । तर, पटक पटक प्रहरीमा दर्ता भएको उजुरीलाई उनले शक्ति प्रयोग गरी दबाउदै आएका थिए ।
तर, सिबी आई र प्रहरीको संयुक्त टोलीले गरेको कारवाहीपछि बाबा कानुनको फन्दामा परेका छन । केही दिन अघिमात्र भारतीय प्रहरीलार्य राम रहिम बाबालाई गिरफ्तार गरेको थियो । उनीमाथि पनि महिला यौन शोषण लगायत दर्जनौं अपराधको आरोप लागेको छ ।।
Sabin Manandhar
Bharat tero desh hora jasko news ta yaha dekhaudai chhas. Mu..ja…