विनियोजन विधेयकमाथिको छलफल सकियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०८०
|
|
३३ पटक हेरिएको
Shares
विनियोजन विधेयकमाथिको छलफल सकियो

सारांश

  • काठमाडाैं ।
  • राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको छलफलमा सकिएको छ ।
  • आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ बुधबार हुनेछ ।

काठमाडाैं । राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको छलफलमा सकिएको छ । आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ बुधबार हुनेछ ।

राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा तथा जलस्रोत मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपति कार्यालयका विभिन्न शीर्षकमा छलफल भएको थियो ।

बैठकमा सांसदहरू ताराबहादुर सुवार, दुर्गा गुरुङ, जयन्तीदेवी राई, शेखरकुमार सिंह, तुलप्रसाद विश्वकर्मा, नारायण दाहाल, गोपीबहादुर सार्की अछामी, गोपालकुमार बस्नेत, सिंहबहादुर विश्वकर्मा, जीतेन्द्रनारायण देव, गोमादेवी तिमिल्सिना, बिना पोखरेल, मदनकुमारी साह, नरबहादुर विष्ट, रमेशजङ्ग रायमाझी र देवेन्द्र दाहाललगायतले छलफलमा भाग लिएका थिए ।

बैठकमा उठेका विषयहरूको आगामी बैठकमा जवाफ दिने अध्यक्ष तिमिल्सिनाले जानकारी गराउनुभयो । यसैबीच, बैठकले राष्ट्रियसभाका पूर्वसदस्य लालकाजी गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । उक्त शोक प्रस्ताव सर्वसम्मत पारित भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको असार २३ गते ८३ वर्षको उमेरमा निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असार २७ गते बुधबार बिहान ११ः०१ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मासु खाँदा घाँटीमा हाड अड्केर मृत्यु
संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री र अर्थमन्त्री
अबको प्रधानमन्त्री म हो : विश्वप्रकाश शर्मा
अबको प्रधानमन्त्री म हो : विश्वप्रकाश शर्मा
दाङ बस दुर्घटना : विवाहको एक हप्ता नपुग्दै पुछियो सिन्दुर
दाङ बस दुर्घटना : विवाहको एक हप्ता नपुग्दै पुछियो सिन्दुर
काठमाडौँ उपत्यकामा सवारीसाधन धोएर प्रवेश
काठमाडौँ उपत्यकामा सवारीसाधन धोएर प्रवेश
सानेपा हत्याकाण्डको पोष्टमार्टम रिपोर्टले यौन दुर्व्यवहारको संकेतसम्म नभएको ठहर
सानेपा हत्याकाण्डको पोष्टमार्टम रिपोर्टले यौन दुर्व्यवहारको संकेतसम्म नभएको ठहर
गरिखान सक्ने वातावरण सिर्जना गर्न सरकारसमक्ष व्यवसायीको माग
गरिखान सक्ने वातावरण सिर्जना गर्न सरकारसमक्ष व्यवसायीको माग
नागपञ्चमी पर्वः चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नाग पूजा गरिँदै
नागपञ्चमी पर्वः चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नाग पूजा गरिँदै
बालुवाटारमा नेकपा र कांग्रेसका शीर्ष नेताहरुबीच गम्भीर छलफल
बालुवाटारमा नेकपा र कांग्रेसका शीर्ष नेताहरुबीच गम्भीर छलफल
चुनावी गठबन्धन र तालमेल गर्ने राप्रपाको निर्णय, को सँग मिल्ला

तपाईंले छुटाउनुभयो कि?