भारतले लगायो गहुँ निर्यातमा प्रतिवन्ध, नेपालसहित दक्षिण एशियाली मुलुकहरु प्रभावित हुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
२० पटक हेरिएको
Shares
भारतले लगायो गहुँ निर्यातमा प्रतिवन्ध, नेपालसहित दक्षिण एशियाली मुलुकहरु प्रभावित हुने

सारांश

  • भारत सरकारले गहुँ निर्यातमा प्रतिवन्ध लगाएको छ ।
  • शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारत सरकारको उद्योग वाणिज्य तथा व्यापार मन्त्रालय, वैदेशिक व्यापार तथा उद्योग विभागले सो जानकारी दिएको हो ।
  • पछिल्लो समय रुस–युक्तेन युद्धको प्रभाव गहुँ मकै लगायतको खाद्यान्नमा चरम महँगी र अभाव हुनेदेखिएपछि खाद्य सुरक्षाका लागि यस्तो प्रतिवन्ध लगाउनु परेको भारत सरकारले जनाएको छ ।

भारत सरकारले गहुँ निर्यातमा प्रतिवन्ध लगाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारत सरकारको उद्योग वाणिज्य तथा व्यापार मन्त्रालय, वैदेशिक व्यापार तथा उद्योग विभागले सो जानकारी दिएको हो ।

पछिल्लो समय रुस–युक्तेन युद्धको प्रभाव गहुँ मकै लगायतको खाद्यान्नमा चरम महँगी र अभाव हुनेदेखिएपछि खाद्य सुरक्षाका लागि यस्तो प्रतिवन्ध लगाउनु परेको भारत सरकारले जनाएको छ । यस्तो प्रतिवन्ध वैदेशिक व्यापार ऐन, १९९२ को ९२२० उप नियम १.०२ र २.०१ तथा वैदेशिक व्यापार नीति २०१५–२० अनुसार लगाइएको भारतले जनाएको छ । सोही सूचना अनुसार विभागले १००१ एचएस कोर्ड भएको ड्रम हुँइटदेखि अन्य सबै खाले हुँइट अर्थात् गहुँको निर्यातमा प्रतिवन्ध लगाइएको जनाएको छ ।

उसो त यसै हप्ता रुसले युक्रेनको अत्यधिक गहुँ, मकै तथा खाने तेल उत्पादन हुने उत्तरी राज्य ओडेसामा हाइपरसोनिक मिसाइल प्रहार गरेसँगै विश्व बजारमा खाद्यान्न संकट हुन सक्ने तथा चरम मूल्य वृद्धि हुन सक्ने आंकलन गरिएको छ ।

जेपी मोर्गन कम्पनीका अनुसार रुस–युक्रेन यी दुई देशबाट मात्र विश्वको कुल गहुँ निर्यातको २८ प्रतिशत सिस्सा ओगट्छ । यसैको प्रभाव अहिले विश्व बजारमा पर्ने देखिन्छ । यसै बखत यता भारतले समेत गहुँ निर्यातमा प्रतिवन्ध लगाएसँगै यसको प्रभाव नेपालसहित दक्षिण एशियाली मुलुकहरुमा पर्ने देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?