विप्लवको नेपाल बन्द: प्रभाव न्यून, सवारी निर्वाध रुपमा चले

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ८, २०७४
|
|
१९ पटक हेरिएको
Shares
विप्लवको नेपाल बन्द: प्रभाव न्यून, सवारी निर्वाध रुपमा चले

सारांश

  • काठमाडौं फागुन ८ ।
  • नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द गरेको छ ।
  • नेपाल बन्दको सामान्य प्रभाव परेको छ ।

काठमाडौं फागुन ८ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द गरेको छ । नेपाल बन्दको सामान्य प्रभाव परेको छ । नेपाल बन्दको अवेज्ञा गरेको भन्दै बिहानै विराटनगरको २ स्थानमा गाडीमा आगजनी गरेको छ ।

नेकपाका कार्यकर्ताले बन्दको अवज्ञ गरेको भन्दै मोरङको विराटनगरस्थित सलकपुर र ढाटमा माल बाहक ट्रकमाथि कारबाहीको गरेको हो ।

पार्टीले आफ्ना नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट ब्युरो सदस्य पदमबहादुर राई‘विकास’लगायत टोलीलाई आइतबार बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै आज नेपाल बन्द गरेको बताएको छ । राजधानीमा भने गाडी चलिरहेका छन् । बन्दको प्रभाव देखिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?