भारतीय कम्पनीले सप्लाई गर्न थाले नेपालमा कोरोना विरुद्ध उपयोगी हुने औषधी

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ६, २०७७
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • कोभिड १९ का लागि उपयोगी हुनसक्ने औषधि रामदेसिविर भारतका तीन कम्पनीले नेपालका लागि वितरण गर्न थालेका छन् ।
  • कोभिड १९ का बिरामीको लागि रोग प्रतिरोधी क्षमता बढाउन सक्ने औषधिको रुपमा यसलाई सिफारिस गरिएको थियो ।
  • भारतीय एनडीटीभीले औषधि उत्पादक कम्पनी म्यालन,किप्ला र हेटेरो ड्रग्सले नेपालका लागि उक्त औषधि उपलब्ध गराउने उल्लेख गरेको छ ।

कोभिड १९ का लागि उपयोगी हुनसक्ने औषधि रामदेसिविर भारतका तीन कम्पनीले नेपालका लागि वितरण गर्न थालेका छन् । कोभिड १९ का बिरामीको लागि रोग प्रतिरोधी क्षमता बढाउन सक्ने औषधिको रुपमा यसलाई सिफारिस गरिएको थियो । भारतीय एनडीटीभीले औषधि उत्पादक कम्पनी म्यालन,किप्ला र हेटेरो ड्रग्सले नेपालका लागि उक्त औषधि उपलब्ध गराउने उल्लेख गरेको छ ।

नेपाल सरकारले ती कम्पनीलाई औषधिका लागि अनुमति दिने औषधि विभागका निर्देशक नारायण प्रसाद ढकालले जानकारी दिएका छन् । तीमध्ये म्यालनले औषधि बाँड्न सुरु गरिसकेको बताइएको छ । औषधि विभागका अनुसार ५७० वटा शिशिको माग भएको थियो ।

कोभिड(१९ का कारण जोखिमको अवस्थामा पुगिसकेका बिरामीका लागि यो औषधि प्रयोग गरिन्छ । जुन औषधिलाई नेपाली ७ हजार ८ सय नेपाली रुपैयाँ पर्ने बताइएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?