नेकपाभित्रको रस्साकस्सी कायमै, ओलीले प्रचण्डलाई इश्वर पोखरेलसँग भिडाउँदै !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १४, २०७६
|
|
३३ पटक हेरिएको
Shares
नेकपाभित्रको रस्साकस्सी कायमै, ओलीले प्रचण्डलाई इश्वर पोखरेलसँग भिडाउँदै !

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी्भित्र महत्वपूर्ण विभागको भागवण्डा अझै मिलेको छैन ।
  • एकीकरणपछि पनि पूर्व नेकपा एमाले र माओवादी पक्षमा गुटबन्दी कायमै रहँदा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच केही विभागहरुमा आफ्ना मान्छे राख्ने रस्साकस्सी चलिरहेको छ ।
  • ६० ४० को भागवण्डाको कुरा मिलिसक्दा केही विभागमा ओली र प्रचण्डको दाबी छ ।

नेपाल कम्युनिष्ट पार्टी्भित्र महत्वपूर्ण विभागको भागवण्डा अझै मिलेको छैन । एकीकरणपछि पनि पूर्व नेकपा एमाले र माओवादी पक्षमा गुटबन्दी कायमै रहँदा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच केही विभागहरुमा आफ्ना मान्छे राख्ने रस्साकस्सी चलिरहेको छ ।

६० ४० को भागवण्डाको कुरा मिलिसक्दा केही विभागमा ओली र प्रचण्डको दाबी छ । विशेषगरी संगठन र स्कुल विभागमा ओली र प्रचण्डले आफूले भनेको मान्छेलाई स्थापित गर्न खोजेका छन् । संगठन विभागमा वामदेव गौतमको सम्भावना बलियो भइसकेको छ । उनले यो विभाग नपाए ओलीलाई अप्ठ्यारोमा पार्न सक्छन् । त्यसले वामदेवको पल्लाभारी भएको छ ।

स्कुल विभाग पूर्व माओवादीले दाबी गरेको छ । नारायणकाजी श्रेष्ठले उक्त विभाग पाउने पक्कापक्की भइसक्दा इश्वर पोखरेलले दाबी गरेका छन् । जसका कारण प्रचण्डले इश्वर पोखरेललाई मनाउनुपर्ने वा पेलेर जानुपर्ने अवस्था बनेको छ ।

पूर्व माओवादीका र हाल नेकपाका एक प्रभावशाली नेताले रिपोर्टर्स नेपालसँग प्रचण्डको हालत सचिवालय सदस्य इश्वर पोखरेलसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्थामा पुगेको तर्क गरे । उनले भने, ओलीले प्रचण्डलाई इश्वर पोखरेको प्रतिष्पर्धी जसरी झारिदिएका छन् ।

अध्यक्ष भइकन पनि प्रचण्ड नेकपाभित्र विभागलगायत महत्वपूर्ण पद बाँडफाँडमा पेलाइमा परेका छन् । महत्वपूर्ण विभागहरु पूर्व नेकपा एमाले पक्षधरको हातमा पुग्दैछ । त्यो पनि केपी शर्मा ओली निकटस्थको पक्षमा ।

विदेश विभागलगायत महत्वपूर्ण विभागहरु पूर्व एमालेको भागमा गइसकेको छ । ६० र ४० को भागवण्डा भएपनि महत्वपूर्ण विभागमा पूर्व एमाले हावी हुँदा प्रचण्ड कमजोर सावित भएका छन् । पूर्व माओवादीका एक नेताले भनेजस्तै उनको स्तर झरेर इश्वर पोखरेलसँग प्रतिष्पर्धा गर्नुपर्ने भएको छ । आन्तरिक र बाह्य राजनीतिमा घेराबन्दीमा पारिएका प्रचण्ड कमजोर बनाइएका छन् । अब उनले यसलाई तोडेर कसरी शक्ति संचय गर्छन् चुनौती बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?