भारतीय चलचित्रको प्रदर्शनमा बाधा नगर्नु: उच्च अदालत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ७, २०८०
|
|
२५ पटक हेरिएको
Shares
भारतीय चलचित्रको प्रदर्शनमा बाधा नगर्नु: उच्च अदालत

सारांश

  • काठमाडौँ ।
  • उच्च अदालतले पाटन काठमाडौँ महानगरपालिकाको भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
  • महानगरले गत सोमबारदेखि भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउन गरेको निर्णयविरुद्धको नेपाल चलचित्र सङ्घको तर्फबाट उच्च अदालतमा प्रितम घिमिरेले रिट दर्ता गरेका थिए ।

काठमाडौँ । उच्च अदालतले पाटन काठमाडौँ महानगरपालिकाको भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

महानगरले गत सोमबारदेखि भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउन गरेको निर्णयविरुद्धको नेपाल चलचित्र सङ्घको तर्फबाट उच्च अदालतमा प्रितम घिमिरेले रिट दर्ता गरेका थिए ।

रिटउपर सुनुवाई गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा निषेधाज्ञा हटाउन र भारतीय चलचित्रको प्रदर्शनमा बाधा नगर्नु र नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी भएको अदालतका उपरजिष्ट्रार तथा प्रवक्ता मन्दिरा शाहीले जानकारी दिए ।

“छलफलका लागि दुवै पक्षलाई असार १२ गतेका लागि बोलाइएको छ । उक्त समयसम्म भारतीय चलचित्रको प्रदर्शनमा रोक नलगाउन अल्पकालीन अन्तिम आदेश दिइएको छ”, प्रवक्ता शाहीले भनिन् ।

महानगरपालिकाले भारतीय चलचित्र ‘आदिपुरुष’ मा ‘सीता भारतीय छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणमा नसच्याएको भन्दै गत सोमबारदेखि १७ चलचित्र भवनमा भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाएको थियो ।

महानगर प्रमुख बालेन्द्र शाहले भने सामाजिक सञ्जालमार्फत देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आए कानुन र अदालतलाई नमान्ने टिप्पणी गरेका छन् ।

“जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । चलचित्रका लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ । यसका लागि जुनसुकै सजाय भोग्न तयार छु, तर चलचित्र चल्दैन र चल्न दिइनेछैन”, प्रमुख शाहले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले प्राप्त गरेको सुशासन अवार्डमा सवा करोड थप गरी कोष गठन गरिने
प्रधानमन्त्री ओलीले प्राप्त गरेको सुशासन अवार्डमा सवा करोड थप गरी कोष गठन गरिने
सभामुख महराको प्रेस संयोजकमा दाङबाट डिल्ली मल्ल सिफारिस
सभामुख महराको प्रेस संयोजकमा दाङबाट डिल्ली मल्ल सिफारिस
तनहुँमा रामचन्द्र पौडेल करिब १३ सय मतले पछि परे
तनहुँमा रामचन्द्र पौडेल करिब १३ सय मतले पछि परे
शाहरुख खानको आज जन्मदिन, बलिउडमा विशेष योगदान रहेको खुलाशा
शाहरुख खानको आज जन्मदिन, बलिउडमा विशेष योगदान रहेको खुलाशा
भारतिय अभिनेत्रीले यसरी गरिन नेपालकाे बेइज्जत
भारतिय अभिनेत्रीले यसरी गरिन नेपालकाे बेइज्जत
त्यो जाली काम गर्ने सिलवाल अहिले कुन पार्टीमा छ ?:  देउवा
त्यो जाली काम गर्ने सिलवाल अहिले कुन पार्टीमा छ ?: देउवा
गास कटाएर दक्षिण कोरियाका नेपालीद्वारा अस्पताललाई एम्बुलेन्स
गास कटाएर दक्षिण कोरियाका नेपालीद्वारा अस्पताललाई एम्बुलेन्स
स्वास्थ्य मन्त्रालयको चेतावनी – “अब अस्पतालले धान्न नसक्ने हुनसक्छ”
स्वास्थ्य मन्त्रालयको चेतावनी – “अब अस्पतालले धान्न नसक्ने हुनसक्छ”
उपेन्द्र यादवले प्रधानमन्त्रीसँग सरकार छोड्नेबारे फाइनल कुरा गर्ने
उपेन्द्र यादवले प्रधानमन्त्रीसँग सरकार छोड्नेबारे फाइनल कुरा गर्ने
अल्मेरियामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित
अल्मेरियामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित

तपाईंले छुटाउनुभयो कि?